प्रवास

विदेशमा रहेका नेपालीले आजबाट निःशुल्क टेलिमेडिसिन सुविधा पाउने

इकागज |
चैत १५, २०७९ बुधबार ६:३९ बजे

काठमाडौँ- विभिन्न मुलुकमा वैदेशिक रोजगारका लागि पुगेका नेपाली नागरिकले निःशुल्क टेलिमेडिसिन सुविधा पाउने भएका छन् । बुधबार बिहान १० बजेबाट नेपाली कामदारले यो सुविधा पाउने भएका हुन् ।

सार्वजनिक विदाका दिनबाहेक नेपाली कामदारले यो सुविधा पाउने वैदेशिक रोजगार बोर्डले जनाएको छ । सेवा लिन नेपाली कामदारले ह्यवाट्सएप,भाइबर र इमोमा सम्पर्क गर्न सक्ने छन् । सेवा लिन ९८५१३४५७०१ र ९८५१३४५७०२ नम्बरमा सम्पर्क गर्नुपर्ने छ ।


बिरामीको फोन टेलिमेडिसिनका मेडिकल अधिकृतले रिसिभ गरी आवश्यक सेवा उपलब्ध गराउने बोर्डले उल्लेख गरेको छ । बिरामीलाई विशेषज्ञको सेवा आवश्यक परेमा आइतबार र शुक्रबार उपलब्ध हुनेछन् ।

कामदार भएका मुलुकमा आइतबार र शुक्रबार विदा हुने भएकाले सोही दिन विज्ञ सेवा उपलब्ध गराइने बोर्डले व्यवस्था गरेको छ ।

बिरामीलाई अनलाइनमार्फत प्रेसक्रिप्ससन उपलब्ध गराइने बोर्डका सूचना अधिकारी राजन पौडेलले बताए । उनका अनुसार सम्पूर्ण सेवा निःशुल्क हुनेछ ।


Author

थप समाचार
x