प्रवास

जापानी प्रधानमन्त्री किशिदाले सम्बोधन गर्नै लाग्दा विस्फोट

संगीता कुँवर |
बैशाख २, २०८० शनिबार १०:९ बजे

जापान- जापानी प्रधानमन्त्री किशिदा फुमियोले सम्बोधन गर्ने तयारी भइरहेको बेला विष्फोटक पदार्थ बिस्फोट भएको छ । आज बिहान जापानी समय अनुसार साढे ११ बजे वाकायामा प्रान्तमा पर्ने वाकायामा सहरमा माछा मार्ने बन्दरगाहको अवलोकनपछि भाषण गर्ने कार्यक्रम थियो ।

कार्यक्रम सुरु हुनु अघि बिस्फोटक पदार्थ बिस्फोटको ठूलो आवाज आएको थियो । लगत्तै आवाजसँगै सेतो धुवाँ उडेको थियो । घटनास्थलबाट प्रधानमन्त्री किशिदा सुरक्षित रुपमा बाहिरिसकेको बताइएको छ ।


अधिकारीहरूका अनुसार प्रधानमन्त्री किशिदासहित सबैको अवस्था सामान्य रहेको र अहिलेसम्म कुनै मानवीय क्षति नभएको जनाएको छ । घटनास्थलबाट एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जापानी मिडियाले खबर लेखेका छन् ।


Author

संगीता कुँवर

कुँवर जापानस्थित इकागजकी प्रतिनिधि हुन् ।


थप समाचार
x