प्रवास

अमेरिकामा ट्रकको ठक्करबाट नेपाली महिलाको मृत्यु

इकागज |
बैशाख २३, २०८० शनिबार ९:५० बजे

फाइल फोटो

काठमाडौं - अमेरिकाको टेक्सास राज्यमा ट्रकको ठक्करमा परी एक नेपाली महिलाको मृत्यु भएको छ । ​

रक्डेल सिटीनजिकै बिहीबार साँझ ट्रकले ठक्कर दिएपछि घाइते भएकी प्रमिला सुवेदीको निधन भएको हो । उनी एनआरएन आइसीसीको अमेरिकाका क्षेत्रीय उपसंयोजक रामकुमार सुवेदीकी धर्मपत्नीसमेत हुन ।​


रक्डेल सिटीनजिकै छोरालाई विश्वविद्यालय पुर्‍याएर फर्किने क्रममा प्रमिलाले आफैले चलाएको कारलाई बिहीबार साँझ ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाटघाइते ४७ वर्षीय सुवेदीको घटनास्थलमै मृत्यु हुनु पुगेको जनाइएकाे छ ।

दुई दशकदेखि सुवेदी दम्पती अमेरिकाको टेक्सासमा बस्दै आएका थिए। उनीहरूको सन्तानको रुपमा दुई छोराहरू रहेका छन्।


Author

थप समाचार
x