प्रवास

डिला खरेलले भने - हामी रोजगारीको अवसर सिर्जना गर्न चाहन्छौं

इकागज |
असार ३१, २०८० आइतबार २१:२ बजे

एडिलेड - गैर आवासीय नेपाली संघ एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा पदमा उम्मेदवार दिएका डिला खरेलले आफू निर्वाचित भए रोजगारीको अवसर सिर्जना गर्नका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । यही महिनाको २९ तारिखमा हुन लागेको चुनावका लागि विभिन्न स्टेटमा अभियान सुरु गरेका उम्मेदवार खरेलले एडिलेडमा आयोजित छलफल कार्यक्रममा ‘एक एनसीसी, एक लगानी, एक रोजगार’ आयोजना नेपालमा सुरु सुरु गर्ने प्रतिवद्धता जनाएका हुन् ।  

एनआरएनसँग नेपालीहरुले पनि आसा गरेको बताउँदै उम्मेदवार खरेलले अस्ट्रेलियामा सिकेका ज्ञान सिप र अनुभव मार्फत नेपालमा सहयोग गर्ने वातावरण बनाउन लागि पर्ने पनि योजना सुनाए ।


अध्यक्षका उम्मेदवार खरेलले नेपाल सरकारले नेपालमा राम्रो काम गरिरहेको बताउँदै आफूहरु नेपाल सरकारको सहयोगी भएर नेपालमा काम गर्ने पनि बताए । उनले भने ‘नेपालमा शिक्षा, स्वास्थ्य र परोपकारको क्षेत्रमा काम गर्ने कुरा सवैले गर्ने गरेका छन् । तर म यी जम्मै विषयमा अनुभूति (नेपालीले फिल) गर्ने गरी काम गर्छु ।

डोल्पामा आफू निर्वाचित भएपछि २ वर्षभित्रमा एउटा विद्यालय निर्माण गर्ने योजना रहेको पनि खरेलले बताए । यसैगरी जुम्ला जिल्लाको सरकारी अस्पताललाई १० लाख रुपैयाँ बराबरको आवश्यक उपकरणहरु दिने पनि बताए । यसैगरी जुम्ला जिल्ला अस्पतालमा शिशु जन्माएमा ५ हजारका दरले सहयोग गर्ने पनि बताए । यसैगरी अहिले पनि एनआरएनएहरुले विभिन्न माध्यमबाट नेपालमा सहयोग गरिरहेको बताउँदै यसलाई संस्थागतरुपमा परोपकारी कार्यक्रममा जोड्ने र आफूहरुले ती व्यक्तिलाई रोल मोडलको रुपमा ब्रान्डिङ गर्ने पनि बताए । उम्मेदवार खरेलले नेपाललाई आफूले ‘दिने दिने र दिने’ स्लोगनका साथ लागि परेको पनि बताए ।    

अस्ट्रेलियाका ८ स्टेटमा रहेका नेपालीहरुका फरक फरक समस्याहरुका बारेमा आफू जानकार रहेको बताउँदै उम्मेदवार खरेलले झण्डै २ लाख नेपालीहरु यहाँ रहेको र उनीहरुका समस्याहरुबारे आफ्नो टिमले विगतदेखि नै अध्ययन गरेको बताउँदै ती समस्या समाधानका लागि आफ्नो निरन्तर पहल रहने पनि प्रतिबद्धता जनाए ।  हामीले विगतदेखि नै समस्या छ समस्या छ मात्रै भन्ने कुरा सुने पनि यहाँको सफलताका कुराहरुका बारेमा पनि जानकारी गराउन जरुरी रहेको पनि बताए । उनले सफलताको कथाहरुले अरुलाई मार्ग दर्शन गर्ने बताउँदै समस्यामै रहेका नेपालीहरुको समाधानका लागि पनि आफूहरुले जिम्मेवारी लिने गरी अघि बढ्ने बताए ।

 


Author

थप समाचार
x