प्रवास

एनआरएनए बेल्जिमयको अध्यक्षमा सापकोटा निर्वाचित, महासचिवमा रुविना शर्मा

इकागज |
साउन १, २०८० सोमबार २०:४८ बजे

लण्डन- गैर आवासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकालको अध्यक्षमा सीता सापकोटा विजयी भएकी छन् । सापकोटाले संघको आइतबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका लागि अर्का प्रत्यासी तीर्थ धमलालाई पराजित गरेकी हुन् ।

जम्मा खसेको २ हजार ७६ मत मध्ये सापकोटाले १ हजार ११२ मत प्राप्त गरिन् । धमलाले ९४८ मत प्राप्त गरे । यस्तै संघको महासचिवमा नयाँ पुस्ताकी २५ वर्षीया रुविना शर्मासहित पूरै कार्यसमिति निर्विरोध भएको छ ।  


आदर्श नारी गृहको संस्थापक अध्यक्ष समेत रहेकी सापकोटा विद्यार्थी जीवनदेखि नै सामाजिक तथा राजनीतिक कार्यमा सक्रिय थिइन् । उनी जनसम्पर्क समिति बेल्जियमकी पूर्वसभापति हुन् । 

नयाँ कार्यसमितिको उपाध्यक्षमा कासी दनई, लोकेन्द्र नेपाल (पुष्प), महिला उपाध्यक्षमा सावित्री गिरी, युवा उपाध्यक्षमा रुवु श्रेष्ठ बस्नेत, जनजाति उपाध्यक्षमा इन्दिरा चाम्लिङ राई निर्विरोध भए ।

यस्तै उपमहासचिवमा राजेन्द्र कार्की, सचिवमा रमेश दाहाल, ईश्वरा शर्मा, संजयदेव श्रेष्ठ, महिला सचिवमा जमुना शर्मा, कोषाध्यक्षमा अजित तुलाचन, सहकोषाध्यक्षमा डा. राजु श्रीवास्तव, महिला संयोजकमा शारदा धिताल, महिला उपसंयोजकमा शरु श्रेष्ठ गुरुङ्ग, युवा संयोजकमा सुदिप चौधरी, अन्तरपेन संयोजक चित्र गुरुङ्ग, लुभेन संयोजक सुरज खरेल, ब्रुज संयोजक देवी कुमारी शर्मा (लक्ष्मी) निर्विरोध भए । 

यस्तै कार्यसमिति सदस्यहरूमा सूर्यप्रसाद सापकोटा, रोशन गौतम, दिपीका केसी, विनोद शाही, निता सुब्वा, रस्मी निरौला, जानु नेपाल, विक्की मल्ल, सरोज आचार्य, रमेश सापकोटा निर्विरोध निर्वाचित भएका छन् । 

गैर आवासीय नेपाली संघको आगामी अक्टोबरमा हुने ११ औं महाधिवेशनको तयारीका लागि जूलाई महिनाभित्र संघका सबै राष्ट्रिय समितिहरूमा अनिवार्य निर्वाचन गर्नुपर्ने वैधानिक व्यवस्था रहेको छ । यसै सिलसिलामा आइतबार एनआरएनए चेक गणतन्त्रको अध्यक्षमा वैकुण्ठ रायमाझीसहित नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ ।

यस्तै एनआरएनए बहराईनमा राजुकुमार श्रेष्ठ र एनआरएनए साउदी अरबमा रविना अर्याल निर्विरोध निर्वाचित भएका छन् ।


Author

थप समाचार
x