प्रवास

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा चितवनका अनिल पोखरेल विजयी

इकागज |
साउन १३, २०८० शनिबार २०:५२ बजे

काठमाडौँ - एनआरएन अष्ट्रेलियाको  अध्यक्षमा अनिल पोख्रेल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा पोखरेल दुई प्रत्यासी डिला खरेल र देव बहादुर गुरुङलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

आफूलाई निर्वाचित गर्ने मतदाता र स्वच्छ निर्वाचन गर्ने निर्वाचन कमिटीलाई उनले धन्यवाद दिएका छन्। निर्वाचनमा सहभागी भएपछि कोही पहिलो हुने र दोश्रो हुने लोकतान्त्रिक प्रकृया भएकाले यस अभियानमा जित हार हुँदैन भन्नेमा आफू विश्वाश गर्ने उनले बताए।


‘मलाई लाग्छ, समाजको लागि केही गर्छु भनेर हिँड्ने व्यक्तिले कहिले पनि हार्दैन, त्यसैले हामीले हाम्रो कार्यकालमा निर्वाचनमा सहभागी हुनु भएका सबै साथीहरूको उर्जालाई एकीकृत गर्दै समाज रुपान्तरणमा लाग्ने प्रतिबद्धता समेत त्यक्त गर्दछौ। हामीले तपाईंहरु माझमा प्रण गरेका प्रतिबद्धताहरू पुरा गर्ने छौ’, निर्वाचन पछि पोखरेलले भने, ‘तपाईँको मत मात्र होइन आगामी कार्यकाल सफल गराउनको निम्ति तपाईँको खबरदारी, सकारात्मक आलोचना र सुझावको समेत अपेक्षा राख्दछु। अन्त्यमा फेरी पनि भन्छु , तपाई हामी सबै एकजुट भएर अब निर्वाचनलाई सहज रुपमा लिँदै अगाडि बढ्नु पर्छ। सामाजिक एकता र भाइचारा नै हाम्रो समुदायको गहना हो त्यसैले यसलाई कायम गरौ।’

अध्यक्ष पोखरेल पेशाले सर्टिफाइड प्राक्टिसिङ एकाउन्ट सीपीए हुन् । एक दशकदेखि एनाआरएनएमा आबद्ध भएका पोख्रेलले पछिल्लो दुई कार्यकाल कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

एनआरएन अस्ट्रेलियाको पारदर्शिताका लागि उनकै कार्यकालदेखि त्रैमासिक लेखा विवरण सार्वजनिक हुन थालेको थियो ।

एनआरएनलाई संस्थागत, प्रविधिमैत्री, आर्थिक पारदर्शिता, कुशल संस्थागत प्रक्रिया, स्रोतको पहुँच, विभिन्न तहका सरकारसँग सम्बन्ध विस्तार लगायतका कुराहरूमा उनले विशेष जोड दिँदै आएका छन् । 


Author

थप समाचार
x