प्रवास

एनआरएनए सचिवमा अमेरिकाबाट राम सी पोखरेलको उम्मेदवारी घाेषणा

इकागज |
भदौ २८, २०८० बिहीबार १२:१५ बजे

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय सचिवमा अमेरिकाबाट राम सी पोखरेलले उम्मेदवारी घोषणा गरेका छन । 

आगामी अक्टोबरमा हुने संघको एघारौं महाधिवेशनमा सचिवमा उम्मेदवारी घोषणा गरेको पोखरेलले बताए । पोखरेल अहिले संघको अमेरिकाज क्षेत्रीय संयोजक रहेका छन् । 


पोखरेल सन २००८ देखि एनआरएनए अभियानमा निरन्तर सक्रिय रहेका अभियन्ता हुन् । सन २०१५–१७ कार्यकालमा उनी एनसीसी अमेरिकाको उपाध्यक्ष भएर काम गरेका थिए । सन २०१७–१९ कार्यकालमा उनी अध्यक्षको प्रत्यासी थिए । सन २०१९–२१ कार्यकालमा उनी अमेरिका क्षेत्रीय उपसंयोजक भएर काम गरे । 

 हालसम्म प्राप्त अनुभव दक्षता तथा योग्यतालाई एनआरएनए अभियानमा अझ सशक्त ढंगले प्रयोग गर्ने इच्छा पोखरेलको रहेको छ । संघलाई थप पारदर्शी, वैज्ञानिक र प्रभावकारी ढंगले चलाउन आफ्नो सचिवमा उम्मेदवारी रहेको उनको भनाई छ । 

नेपाली समाज टेक्ससको अध्यक्षलगाएत विभिन्न संघ संस्थामा जिम्मेवारी पद लिएर काम गरेको अनुभव पोखरेलसँग रहेको छ । पोखरेल नेपाल बाहिर खुलेका नेपालीहरूको पहिलो लायन्स डल्लास एभरेष्ट लायन्स क्लबका संस्थापक तथा पूर्व अध्यक्ष समेत हुन । अर्घाखाँची जिल्लामा जन्मिएका पोखरेल २६ वर्षअघि अमेरिका पुगेका थिए । परिवारसहित टेक्ससमा बस्दै आएका उनी सफल व्यवसायी र समाजसेवी पनि हुन । पोखरेलले पेट्रोल पम्प, रियल स्टेट, तथा कानुन व्यवसायमा बर्षौदेखी ब्यावसाय गरिरहेका छन ।

पोखरेलले आफू यस अभियानमा केही दिनको लागी आएकाले आफूलाई समर्थन र सहयोग गर्न विश्वमा रहेका गैरआवासीय नेपालीहरूलाई अनुरोध गरेका छन ।


Author

थप समाचार
x