प्रवास

१६ तस्बिरमा बेल्जियममा हरितालिका पुजा

इकागज |
असोज ४, २०८० बिहीबार ८:४२ बजे

तस्बिर सौजन्य : गैरआवासीय नेपाली संघ बेल्जियम

बेल्जियम- हरितालिका तीजको अवसरमा बेल्जियमस्थित नेपाली महिलाहरूले पुजा गरेका छन् । बेल्जियमको लुभेनस्थित स्थानीय अन्नपूर्ण रेष्टुरेन्टमा आयोजित कार्यक्रममा नेपाली महिलाहरूले हिन्दु परम्परा अनुसार हरितालिका पुजा गरेका हुन् ।

उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटा, महासचिव रूविना शर्मा, एनआरएनए अभियन्ता अनुजा प्रधानलगायतको तीन दर्जन बढी महिलाहरूको उपस्थिति रहेको थियो । विदेशमा व्यस्त रहनेहरूका लागि उक्त कार्यक्रमले नेपाली संस्कृति झल्काउनेसँगै भेटघाटको अवसर पनि बनाएको गैरआवासीय नेपाली संघ बेल्जियमकी संयोजक शारदा धितालले बताइन् ।


मल्लिका कार्कीले आफ्नो कृष्ण भजनलगायत विशेष प्रस्तुती दिएकी थिइन् ।  कार्यक्रममा गायिका कार्कीले 'रातै साडी रातै टिकी', 'यति धेरै मान्छेहरूको बीचमा', 'अच्छालिकिन लण्डनको चिसोले समाउला'लगायतका गीत प्रस्तुत दिएकी थिइन् ।

तस्बिर सौजन्य : गैरआवासीय नेपाली संघ बेल्जियम


Author

थप समाचार
x