प्रवास

जापानको टोकियोमा ‘कमेडी एण्ड म्यूजिक कन्सर्ट-२०२४’ हुँदै

धीषण निरौला |
असार १५, २०८१ शनिबार १९:३९ बजे

टोकियो- जापानको टोकियोमा ‘कमेडी एण्ड म्यूजिकल कन्सर्ट–२०२४’ हुने भएको छ । पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको आयोजनामा आगामी जुलाई २८ तारिख आइतबार हुन गइरहेको उक्त कन्सर्टलाई नेपाली राजदूतावास टोकियो, एनआरएनए जापान तथा जापानमा अवस्थित विभिन्न संघ संस्थाहरूले सहयोग गरेका छन् ।

कन्सर्टमा कलाकारहरू मनोज गजुरेल, एलिना चौहान, धिरज राई, विष्णु सापकोटा र डिजराज पौडेलको मुख्य प्रस्तुति रहनेछ । साथै जापानमा रहेका नेपाली कलाकार र जापानी ब्याण्डहरूको पनि प्रस्तुति रहने कुरा आयोजक संस्थाले जनाएको छ ।


कन्सर्ट जुलाई २८ तारिख नाकानो जिरो हलमा बेलुका ५ देखि ९ बजेसम्म हुनेछ ।

कन्सर्ट ‘विपन्न परिवारलाई शिक्षा र व्यवसायमा प्रोत्साहन’ कार्यक्रम सञ्चालनार्थ आयोजना गरिएको कुरा संस्थाका अध्यक्ष अमित गौतमले जानकारी दिएका छन् ।


Author

थप समाचार
x