प्रवास

इजरायल जान आवेदन दिएकामध्ये ८,६९९ जान नपाउने, भदौ अन्तिम सम्ममा परीक्षा

अतिन आचार्य |
भदौ ४, २०७८ शुक्रबार १७:१२ बजे

फाइल तस्बिर

काठमाडौँ- इजरायल वैदेशिक रोजगारीमा जान आवेदन दिएका मध्ये आठ हजार ६ सय ९९ जना नेपाली कामदार इजरायल जान नपाउने भएका छन् ।  कुल ९ हजार ६ सय ९९ जनाले 'केयर गिभर' को लागि इजराय जान  आवेदन दिएका थिए ।

आवेदन दिनेहरूको भदौ अन्तिमसम्म परीक्षा लिइने भएको छ र परीक्षामा उत्तीर्णमध्ये जम्मा एक हजारले इजरायलमा रोजगारीको अवसर पाउने वैदेशिक रोजगार विभागले जनाएको छ ।


विभागले फारम भरेकाहरूको प्रमाणीकरण गर्ने काम गरिरहेको निर्देशक डम्बरबहादुर सुनुवारले इकागजलाई बताए । उनकाअनुसार धेरै आवदेदकको फारम अस्वीकृत पनि हुन सक्छ । प्रक्रिया पुर्‍याएका आवेदकले परीक्षामा सामेल हुन पाउने उनको भनाइ छ ।

'परीक्षार्थीलाई इमेल मार्फत परीक्षा केन्द्र र परीक्षा मितिको जानकारी दिइन्छ,' सुनुवारले भने,' एक हजार ६ सय ८० जनालाई अन्तवार्ता लिइन्छ । परीक्षामा पास भएका मध्येलाई मेरिटका आधारमा नम्बर दिइन्छ ।'

इजरायल जाने १४ सय संख्या कामदारलाई रोष्टरमा राखिने उनले उनले बताए । 'रोष्टरमा रहेका मध्येबाट एक हजार कामदार मात्र जान पाउँछन्,' सुनुवारले थपे।विभागले भदौ अन्तिम सम्ममा आवेदकको परीक्षा लिने गरी तयारी गरिरहेको छ । 'फारमको भेरिफिकेसनको काम चाँडै सकिएमा भदौँ सम्ममा जसरी परीक्षा लिइन्छ,' सुनुवारले भने । 

स्थानीय प्रशासन, सीसीएमसी र स्वास्थ्य मन्त्रालयसँग परीक्षा लिनका लागि समन्वय भइरहेको उनले बताए । परीक्षा गर्ने अनुमति पाउनसाथ परीक्षा मिति सार्वजनिक गरिने उनले प्रस्ट पारे । नेपाली कामदारलाई केयर गिभरमा मात्र लान लागेको सुनुवारले उल्लेख गरे । अन्य क्षेत्रका लागि कामदारको माग नभएको उनले दाबी गरे । कृषि क्षेत्रमा पनि कामदारको माग आउन लागेको उनले जानकारी दिए ।

इजरायल जानका लागि कल्याणीकारी कोषमा महिलाले २५ सय  र पुरुषले ३२ सय  शुल्क बुझाउनुपर्ने उनले जानकारी दिए ।

गत वर्षको असोजमा इजरायल र नेपाल सरकारको बिचमा केयर गिभरमा नेपाली कामदार लाने गरी सम्झौता भएको थियो । ७० प्रतिशत महिलार र ३० प्रतिशत पुरुष लान पाउने गरी सम्झौता गरिएको थियो । सरकारले साउन ११ गतेदेखि कामदारका लागि विज्ञापन खुलाएको थियो र केही दिन अघि मात्र आवेदन भर्ने समय सकिएको थियो ।

केयर गिभरम जानेले मासिक तलब करिब दुई लाख पाउनेछ्न् । पाँच वर्षको करार अवधि र सुरुमा एक वर्षको मात्र हुनेछ । ६ दिन काम र सातामा ४२ घण्टा काम गर्नुपर्नेछ । इजरायली कानुनअनुसार वार्षिक बिदा पाउने छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x