प्रवास

क्याथे प्यासिफिकमा साढे ८ हजारको रोजगारी कटौती

इकागज |
कात्तिक ६, २०७७ बिहीबार ७:५८ बजे

काठमाडौं : हङकङको प्रख्यात विमान कम्पनी क्याथे प्यासिफिक एयरवेजले आठ हजार पाँच सय बढि नागरिकको रोजगारी कटौती गर्ने जानकारी दिएको छ । कोभिड १९ को कारण समस्यामा परेको उक्त एअरलाइन्सले आफ्ना कर्मचारी कटौती गर्न परेको उल्लेख गरेको छ । कोभिड १९ को कारण विमान सेवा सञ्चालन गर्न नपाएकाले कर्मचारीहरुलाई राखिरहन पनि नसकिने भन्दै कटौतिबारे जानकारी दिएको सञ्चारमाध्यमहरुले जनाएको छ ।

रोजगारीबाट हटाउन लागिएका मध्ये पाँच हजार तीन सय कर्मचारीहरु हङकङमै रहेर काम गर्नेहरु हुन । त्यस बाहेक अरु छ सय जना अन्य ठाउँमा रहेका कर्मचारीहरुलाई कटौती गर्न लागिएको कम्पनीको भनाई छ । अरु दुई हजार छ सय पद भने पहिलेदेखि नै खाली रहेको थियो । उक्त विमान कम्पनीको कुल रोजगारीको २४ प्रतिशत रोजगारी कटौती भएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख छ । यसबाहेक अन्य यस्ता कम्पनीहरुले पनि आफ्ना कर्मचारी कटौति गरिरहेका छन ।कोरोना महामारीको कारण विश्व बजारमा उथलपुथल ल्याएको छ ।



Author

थप समाचार
x