प्रवास

एनआरएनए निर्वाचन : आज उम्मेदवारी दर्ताको अन्तिम दिन, को-को छन् पदाधिकारी दौडमा ?

इकागज |
फागुन २७, २०७८ शुक्रबार ७:१७ बजे

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको निर्वाचनका लागि आज शुक्रबार उम्मेदवारी दर्ताको अन्तिम दिन रहेको छ । निर्वाचन समितिका अनुसार मार्च २४ र २५ मा हुने निर्वाचनका लागि ४० जना बढी उम्मेदवारले मनोनयन दर्ता गराइसको छन् ।

निर्वाचन समितिका अनुसार बिहिबार बेलुकासम्म अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष डा. बद्री केसी (रुस) र रविना थापा (थापा) ले उम्मेदवारी दर्ता गराएका छन् ।


मनोनयन दर्ता  आज साँझ ५ बजे सम्म जारी रहने छ । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्य भने संघको १० औं महाधिवेशनमा छानिएका करिब ५ सय भन्दा बढी प्रतिनिधि खारेजीको माग गरेका छन् ।  

बिहीबार अबेर सम्म उम्मेदवारी दर्ता गर्नेमा उपाध्यक्षको लागि अष्ट्रेलियाबाट धर्मराज अधिकारी, बेलायतबाट डा हेमराज शर्मा, जयप्रकाश गुरुङ, ओमनबाट डिबी क्षेत्री लगायत  छन् ।

महिला उपाध्यक्षमा साउदी अरबबाट यासमिन बेगम सैयदले उम्मेदवारी दिएकी छिन्। यस्तै अफ्रिकाबाट रोशन थापाले युवा उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी महासचिवमा अमेरिकाबाट गौरीराज जोशी र बेलायतबाट विनय अधिकारीले उम्मेदवारी दिएका छन् । सचिवमा अमेरिकाबाट शंकर खड्का, बेलायतबाट रामशरण सिम्खडा, जापानबाट ओम गुरुङ, क्यानाडाबाट चिरनजीवी घिमिरेले उम्मेदवारी दिएका छन्  ।

महिला सचिवमा हङकङबाट राधिका गुरुङले उम्मेदवारी दर्ता गराएकी छिन्  । महिला सहकोषाध्यक्षमा अमेरिकाबाट युमना भट्टराईले उम्मेदवारी दर्ता गराएकी छिन् ।

युवा संयोजकमा डेनमार्कबाट रवीन्द्र खड्काले उम्मेदवारी दिएका छन् । महिला संयोजककमा बेलायतबाट संगिता मरहठ्ठाले उम्मेदवारी दर्ता गराएकी छिन् ।

युरोप क्षेत्रीय संयोजकमा जर्मनीबाट सन्तोष भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । ओसिनिया क्षेत्रीय संयोजकमा भने अष्ट्रेलियाबाट दिनेशराज जोशी र न्यूजील्याण्डबाट लाल केसीले उम्मेदवारी दर्ता गराएका छन् । मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदीबाट राजेन्द्र अर्याल (जोन) को उम्मेदवारी परेको छ ।

एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा जापानबाट पारसमणि पोखरेलले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । एसिया प्यासिफिक महिला संयोजकमा मकाउबाट शान्तिदेवी अधिकारीले उम्मेदवारी दिएकी छिन् ।

युरोप क्षेत्रीय उपसंयोजक पदका लागि जर्मनीबाट नवराज रोसायर र बेलायतबाट ललित न्यौपाने र सागर सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् । एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा जापानबाट दलिवल खड्का र चीनबाट नवीन विकले उम्मेदवारी दिएका छन् । संघको नयाँ नेतृत्वको लागि अनलाइन मार्फत निर्वाचन गराउने जिम्मा  अष्ट्रेलियन कम्पनीले जिम्मा लिएको छ ।


Author

थप समाचार
x