प्रवास

एनआरएनएको  एकता अधिवेशनका लागि वार्ता समिति गठन

इकागज |
चैत ६, २०७८ आइतबार १४:१९ बजे

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औ  महाधिवेशन सम्बन्धमा उत्पन्न  वर्तमान समस्या  लाइ समाधान गर्न दुवै पक्ष लचिलो भएका छन । एनआरएनएको १० औ  महाधिवेशनका लागि दुवै पक्षले आ–आफ्नो तर्फबाट छुट्टाछुट्टै अधिवेशन घोषणा गरिसकेको अवस्थामा एनआरएनए प्रमुख संरक्षक शेष घलेले आफ्नो तर्फबाट एकताको आव्हान गर्दै वार्ता समिति गठन गरेका छन् ।

वार्ता समितिमा शनिकुमार ओली, बेदप्रसाद खरेल र दुर्गा आचार्य रहेका छन। उक्त वार्ता समितिले सोमबार बेलुकासम्ममा अर्को पक्षसँग छलफल गरि सहमति गराएर एकता महाधिवेशन संयुक्त रुपमा गर्न पहल गराउने जिम्मा दिईएको छ। प्रमुख संरक्षक शेष घलेको उक्त निर्णयको स्वागत गरिएको छ।
केही दिनदेखि प्रमुख संरक्षक घलेलाई एकताको विरोधीको आरोप लगाइएको थियो।


गैर आवासीय नेपाली संघको १० औ  महाधिवेशन सम्वन्धमा उत्पन्न  वर्तमान समस्या लाइ समाधान गर्न दुवै पक्ष बिच १० औ महाधिवेशन सम्पन्न  गर्न सहमती गर्न दुवै पक्ष सहमतिको नजिक पुगेको छ। एनआरएनएलाई फुटबाट बचाउन दुबै पक्ष लचिलो भएपछि एकताको सम्भावना बढेर गएको छ।

 


Author

थप समाचार
x