कृषि

चामलमा भएको मूल्य वृद्धि नियन्त्रणकाे माग गर्दै किसान महासंघकाे ज्ञापन पत्र

इकागज |
साउन २३, २०८० मंगलबार १७:० बजे

काठमाडौँ- चामलको कृत्रिम अभावको अनावश्यक हल्ला सृजना गरी भएको मूल्य वृद्धि नियन्त्रण गर्न माग गर्दै राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघ काठमाडौँले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ज्ञापन पत्र बुझाएको छ ।

मंगलबार महासंघका सदस्यहरूले काठमाडौँका प्रमुख जिल्ला अधिकारलाई भेट्दै चामलको कृत्रिम अभावको हल्ला सृजना गरी भएको मूल्य वृद्धि नियन्त्रण गर्न र आपूर्तिलाई सहज बनाउनुपर्नेमा भन्दै ज्ञापन पत्र बुझाएको हो । त्यस्तै महासंघले किसानहरूले उत्पादन गरेको कृषिजन्य वस्तुमा विचौलियाका कारण उपभोक्ता र उत्पादन गर्ने किसान मारमा परेकाले विचौलियाको पहिचान गरी नियन्त्रण गरी किसानलाई उत्पादनको सहित मूल्य उपलब्ध हुने वातावरण सिर्जना गर्नुपर्ने माग राखेको छ ।


त्यस्तै देशभर फैलिएको लम्की स्किन रोग नियन्त्रणका लागि पहल गरी आवश्यक क्षतिपूर्ति दिनुपर्ने माग राखेको अखिल नेपाल किसान महासंघ काठमाडौँका अध्यक्ष केवी घलले जानकारी दिए ।

त्यस्तै महासंघले किसानहरूलाई खेती गर्दा आवश्यक पर्ने मल, बिउविजन र प्राविधिक सहयोग उपलब्ध गराई माटोमा हुने खेती प्रणालीको पहिचान गरी उचित व्यवस्था गर्नुपर्ने माग राखेको राष्ट्रिय जनमोर्चाका बागमती प्रदेश सदस्य रोशन दानीले बताए ।


Author

थप समाचार
x