कृषि

बागमती प्रदेशमा ९३ प्रतिशत धान रोपाइँ

इकागज |
भदौ १४, २०८० बिहीबार १५:२७ बजे

मकवानपुर- बागमती प्रदेशमा यही भदौको पहिलो साताभित्र ९३ प्रतिशत वर्षे धानको रोपाइँ सम्पन्न भएको छ । 

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको सूचना अधिकृत अनुप अधिकारीले प्रदेशको सबै जिल्लामा भदौको पहिलो सातासम्म करिब ९३ प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिए । काठमाडौँ उपत्यकासहित तीन जिल्लामा शतप्रतिशत वर्षे धानको रोपाइँ किसानले सम्पन्न गरेको उनले बताए । 


प्रदेशको १३ वटै जिल्लाको स्थानीय गाउँपालिका र नगरपालिकाको सहयोगमा खेतीयोग्य जमिनको माटोको अमिलोपनाको परीक्षण गर्न टोली खटाउने मन्त्रालयले जनाएको छ । रासस


Author

थप समाचार
x