कृषि

'दूधसम्बन्धी संस्थाहरूले एक महिनाभन्दा बढी बाँकी नरहने गरी किसानलाई भुक्तानी गर्नुपर्छ'

इकागज |
असोज २९, २०८० सोमबार १६:३४ बजे

काठमाडौँ- कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा. वेदुराम भुसालले एक महिनाभन्दा बढी बाँकी नराख्ने गरी किसानहरूलाई दूधको भुक्तानी गर्न दुग्ध विकास संस्थाहरूलाई निर्देशन दिएका छन् ।​

सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी उनले कारोबार भएको एक महिनाभित्र किसानहरूलाई दूधको भुक्तानी गर्न दूधसँग सम्बन्धित सबै संस्थालाई निर्देशन दिइएको बताएका हुन् । उनले दूधसँग सम्बन्धित संस्थाहरूको समस्या समाधानका लागि मन्त्रालयले उनीहरूको स्टक रहेको दूधलगायतका उत्पादनहरूलाई धितो राखि सहुलियतमा ऋण उपलब्ध गराउनका लागि पहल गरिदिने समेत बताए ।


दूधसम्बन्धी संस्थाहरूको स्टक रहेको उत्पादनबाट सहुलियत दरमा ऋण दिलाउन सकियो भने उनीहरूको समस्या पनि समाधान भएर जाने मन्त्री भुसालको भनाइ थियो ।

मन्त्री भुसालले लम्पी स्किनविरुद्धको खोप नेपालमै उत्पादन गर्नका लागि आवश्यक तयारीको कामलाई अघि बढाइएको पनि दोहोर्याए ।


Author

थप समाचार
x