कृषि

के छ आजको तरकारीको मूल्य ?

इकागज |
पुस १, २०८० आइतबार ७:५९ बजे

फाइल फोटो

काठमाडौँ -  कालिमाटी तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारीको थोक मूल्य तोकेको छ । आज गोलभेँडा प्रतिकिलो ठूलो नेपाली न्यूनतम् ५० रूपैयाँ र अधिकतम ६० रूपैयाँ तोकेको छ । 

यस्तै गोलभेँडा ठूलो भारतीय प्रतिकेजी न्यूनतम् ८० रूपैयाँ र अधिकतम ९० रूपैयाँ छ । त्यस्तै गोलभेँडा सानो लोकल प्रतिकेजी १० रूपैयाँ र अधिकतम १५ रूपैयाँ । यस्तै आलु रातो प्रतिकेजी न्यूनतम् ३४ रूपैयाँ र अधिकतम ३८ रूपैयाँ । आलु सेतो प्रतिकेजी न्यूनतम् ३० रूपैयाँ र अधिकतम ३२ रूपैयाँ  । 


यस्तै, प्याज सुकेको भारतीय १३५ रूपैयाँ न्यूनतम् छ भने अधिकतम १४५ रूपैयाँ तोकिएको छ । गाजर लोकल प्रतिकेजी न्यूनतम् ४० रूपैयाँ र अधिकतम ५० रूपैयाँ छ । बन्दा लोकल न्यूनतम् ३० रूपैयाँ र अधिकतम ३५ रूपैयाँ छ । काउली स्थानीय प्रतिकेजी न्यूनतम् ३० रूपैयाँ र अधिकतम ४० रूपैयाँ तोकिएको छ । यस्तै, मुला रातो न्यूनतम् प्रतिकेजी १० रूपैयाँ र अधिकतम २० रूपैयाँ । मुला सेतोन्यूनतम् प्रतिकेजी न्यूनतम् १० रूपैयाँ र अधिकतम १५ रूपैयाँ । 


Author

थप समाचार
x