कृषि

कति छ आज तरकारी तथा फलफूलको मूल्य ?

इकागज |
फागुन १४, २०८० सोमबार ८:३९ बजे

फाइल फोटो

काठमाडौं - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार हरियो अंगुरको न्यूनतम् मूल्य प्रतिकेजी १२०, कालो अंगुर १८०, केरा १३० रुपैयाँ दर्जन, अनार २८०, किवी ४००, आभोकाडो ४००, अम्बा १५० र स्ट्रबेरी भुईऐसेलु २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।


समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५०, भारतीय सानो गोलभेडा २०, अदुवा २२०, रातो आलु ३२ र रातो भारतीय आलु ३४ रूपैयाँमा कारोबार हुँदा स्थानीय काउली २५, लौका ५०, कागती २५०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

लोकल गाजरको न्यूनतम् मूल्य प्रतिकेजी ३५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ३०, लोकल सेतो मूला २५ र रातो मूला ५० रुपैयाँमा कारोबार हुँदा लोकल घिउ सिमी १२० रुपैयाँ, राजमा घिउ सिमी १०० रुपैयाँ र टाटे सिमी ७० रुपैयाँ, हरियो फर्सी लाम्चो ४० र हरियो डल्लो फर्सी ५० रूपैयाँमा खरिदबिक्री हुँदैछ भने तोरीको साग २५, रायोको साग उता चम्सुर, पालूगो, मेथी, सौफको साग ३० रुपैयाँमा खरिदबिक्री भइरहँदा उता जिरीको साग ७० रुपैयाँमा कारोबार हुनेछ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७५, हरियो प्याज ७० र पुदीना २२० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २६०, हरियो लसुन १२० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ४०, भिण्डी १०० र हरियो धनियाँ ४० रुपैयाँ पाइने समितिले जनाएको छ।

उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५०, रहु माछा ३४० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ।
 


Author

थप समाचार
x