कृषि

चियाको भारत निर्यातको अवरोध हट्यो

इकागज |
बैशाख १२, २०८१ बुधबार १९:४ बजे

फाइल फाेटाे

काँकडभिट्टा - भारतले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आजदेखि खोलेको छ । यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक रोकेसँगै चिया निर्यात रोकिएको थियो ।

चिया बोकेका सबै ट्रक पानी ट्यांकीस्थित भारतीय भन्सार कार्यालयबाट जाँचपास भएर छुटेका छन् ।


योसँगै चिया निर्यातमा देखिएको अवरोध हटेको छ । पानी ट्यांकीस्थित भारतीय भन्सार कार्यालयका अधिकारीहरूले केन्द्रबाटै आएको निर्देशनअनुसार खुलाइएको जानकारी दिएका छन् ।

भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू भएको भन्दै चिया बोकेका नेपाली ट्रक रोकेको थियो ।

नेपालबाट सिटीसी र अर्थोडक्स चिया भारतमा निर्यात हुँदै आएको छ । नेपाली चियाको ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ ।

चियाको निर्यातमा अवरोध आएपछि नेपाल उद्योग वाणिज्य महासंघलगायतका संस्थाले समेत आपत्ति जनाउँदै तत्काल अवरोध हटाउन नेपाल र भारत सरकारलाई आग्रह गरेका थिए ।


Author

थप समाचार
x