कला

चोरीको समाचार आए पछि ओएसआरले युट्युबबाट हटायो  ‘मनबार’

इकागज |
जेठ ६, २०७८ बिहीबार १५:१५ बजे

काठमाडौं : हिन्दी फिल्मबाट हुबहु नक्कल गरेको कुरा बाहिरिएपछि ओएसआरले आफूले निर्माण गरेको ‘मनबार’ युट्यबुबाट हटाएको छ । यो फिल्म हिन्दी सर्ट फिल्म ‘नामर्द’बाट चोरेको चौतर्फी समाचार आएको थियो ।

समाचार आएसँगै अभिनेत्री सुरक्षा पन्तले फेसबुकमा स्ट्याटस लेख्दै आफूबाट गल्ती भएको र यसको दोस्रो भागमा आफूले अभिनय नगर्ने बताएकी थिइन् ।
केही महिना पहिलै नै सार्वजनिक भए पनि यो फिल्म चोरिएको कुरा हालसालै मात्र सतहमा आएको थियो ।


जीवन शाहीले निर्देशन गरेको यो फिल्ममा ओएसआरकै साझेदार रुपेन्द्र खड्गीले लेखकको नाम राखेका थिए । आफ्नो स्वामित्व रहेका फिल्म पाइरेसी भएको भन्दै प्रहरीमा हारगुहार गरिरहेको ओएसआरले आफैंले फिल्म निर्माण गर्दा भने चोरेपछि कम्पनीमाथि नैतिक संकट उत्पन्न भएको थियो । 

र यो पनि 

आफू खेलेको हिन्दी फिल्म हुबहु नक्कल भएको भेटिएपछि सुरक्षाले स्वीकारिन् गल्ती
 

 


Author

थप समाचार
x