कला

सलमान खानको पहिलो प्रेमिका, जसका लागि सडकमा उभिएर घण्टौंसम्म प्रतीक्षा गर्थे

इकागज |
पुस ११, २०८० बुधबार १४:२८ बजे

मुम्बई- सलमान खान आफ्ना फिल्मका लागि जति हिट भएका छन्, उनी आफ्नो प्रेम सम्बन्धका कारण पनि उत्तिकै चर्चित छन् । 

सलमान खानको जीवनमा धेरै प्रेमिका आए र गए । कतिपयको त यो कुरा बिहेसम्म पनि पुगेको बताइएको छ । विवाहको कार्ड पनि छापिएको थियो तर सलमान खानको विवाह महोत्सवको आयोजना हुन सकेन । संगीता बिजलानी, सोमी अली, ऐश्वर्या राय जस्ता नामहरू सबैलाई थाहा छ ।


आज उनको ५८ औं जन्मदिन हो । यो जन्मदिनमा आज तपाईँलाई हामी उनको पहिलो ‘गर्ल फ्रेन्ड’ को कथा सुनाउँछौं, जससँग झन्डै झन्डै बिवाह भई नै सकेको थियो । तर, कमैलाई थाहा छ कि सलमान खान एक सुन्दर महिलाको प्रेममा यति पागल थिए कि उनी सडकमा उभिएर घण्टौंसम्म उनको प्रतीक्षा गर्थे । उक्त सुन्दरीसँग विवाहको कुरा पनि पुष्टि भएको थियो । यदि सबै कुरा ठीक भएको भए सलमान खानको सम्बन्ध अशोक कुमारसँग जोडिन्थ्यो ।

तर, अर्की अभिनेत्रीको प्रवेशसँगै कथामा ट्विस्ट आयो ।

यो घटना सलमान खानको कलेज स्टोरीमा पनि समावेश छ । उनी आफ्नो कलेजकी छात्रा शाहिन जाफरीसँग गहिरो प्रेममा थिए । भनिन्छ, सलमान खानले शाहिन जाफरीसँग आफ्नै घरमा विवाह गर्ने इच्छा व्यक्त गरेका थिए र उनले अनुमोदन पनि पाएका थिए । सलमान खान शाहिन जाफरीलाई यति धेरै माया गर्थे कि उनी एक ठाउँमा उभिएर उनलाई भेट्न घण्टौं कुर्दथे । 

शाहिन जाफरी बलिउडका चर्चित स्टार अशोक कुमारकी छोरी हुन् । जब उनी १९ वर्षकी थिइन्, सलमान खानले उनलाई आफ्नो मुटु दिएका थिए । सलमान खान र शाहिन जाफरीको विवाह हुन्थ्यो तर एक अभिनेत्रीको प्रवेशले उनीहरूको जीवनमा ठूलो ट्विस्ट ल्यायो ।

यो अभिनेत्री संगीता बिजलानी थिइन्, जसले त्यति बेला ब्यूटी क्राउन जितेकी थिइन् र सलमान खान र शाहिन जाफरी पनि त्यही जिममा जान्थे । भनिन्छ, सलमान खान र संगीता बिजलानीको निकटता बढ्न थाल्यो र उनको शाहीन जाफरीसँग ब्रेकअप भयो, बिवाहको स्टोरी नै समाप्त भयो ।
 


Author

थप समाचार
x