कला

अध्यक्ष ओलीद्वारा आचार्यको निधनप्रति दुःख व्यक्त

इकागज |
फागुन १४, २०८० सोमबार २१:१२ बजे

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले ‘जहाँ छन् बुद्धका आँखा...’ बोलको गीतमा आचार्यको जादुमय स्वर भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । 'कालजयी भजन र गीतहरूमा तपाईं हामीमाझ अमर रहनुहुनेछ । तीन वर्षअगाडिको उहाँसँगको भेट सम्झिरहेको छु,' अध्यक्ष ओलीले उनले गायक तथा सङ्गीतकार आचार्यलाई सम्झिँदै भने ।  


गायक तथा सङ्गीतकार आचार्यको आज अपराह्न ८२ वर्षको उमेरमा निधन भएको थियो ।


Author

थप समाचार
x