कला

पिंक केयरएथनमा सहभागी हुन जय भानुशाली नेपालमा

इकागज |
बैशाख ७, २०८१ शुक्रबार १६:५४ बजे

काठमाडौँ- शनिबार काठमाडौँमा आयोजना हुने काठमाडौँ पिंक केयरएथनमा सहभागी हुन भारतीय टेलिभिजन कलाकार समेत रहेका बलिउड कलाकार जय भानुशाली नेपाल आएका छन् ।

भानुशाली शुक्रबार अपरान्ह नेपाल आएका हुन् । नेपाल आएपछि भानुशालीले पहिलोपटक नेपाल आएको भन्दै निकै उत्साहित रहेको बताए । नेपालका धेरै बालबालिकाहरू आफ्नो रियालिटी शोमा आएको भन्दै आफूलाई नेपाल आउने मौका मिलेको उनले बताए । भानुशालीले शनिबार बिहान हुने पिंक केयरएथनमा सहभागी हुन आग्रह गरे ।


भानुशालीले काठमाडौँ पिंक केयरएथोनको २०२४ संस्करण सञ्चालन गर्ने छन् । लेजर पोर्ट नेपाल प्रालि र नेपाल प्रहरी श्रीमती संघद्वारा शनिबार काठमाडौँ पिंक केयरएथन हुन लागेको हो ।

कार्यक्रममा पैदल हिँडाइ र दौड गरी तीन विधा समावेश छ । जसमा तीन किलोमिटर, पाँच किलोमिटर र १० किलोमिटर रहने छ । सुरु र अन्त्य विन्दु प्रहरी प्रधान कार्यालय नक्साल हुनेछ ।  प्रत्येक विधामा प्रथम पाँँच जनालाई पुरस्कार दिइने आयोजकले जनाएको छ । काठमाडौँ पिंक केयरथन स्तन क्यान्सर सचेतना, महिला स्वास्थ्य सेवा, र शारीरिक, मानसिक, बौद्धिक तथा आध्यात्मिक विकास र सशक्तीकरणका लागि आत्म हेरचाह प्रवर्द्धन गर्ने कार्यक्रमको श्रृंखला रहेको आयोजकको भनाइ छ । 


Author

थप समाचार
x