कला

‘नमेटिने घाउ’ मा एमाले अध्यक्ष ओलीको अभिनय

इकागज |
बैशाख ११, २०८१ मंगलबार २०:१३ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने घाउ’ मा अभिनय गरेका छन् ।

मंगलबार ओलीले फिल्ममा प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेका हुन् । 


एमालेको पार्टी कार्यालय च्यासलमा भएको छायांकनमा ओलीले प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेका छन् । 

एसिड पीडितको बारेमा बनाइँदै गरेको यस फिल्ममा यसअघि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले पनि अभिनय गरेका थिए ।


Author

थप समाचार
x