कला

गायिका स्मिता दाहालको नयाँ गीत 'ज्यानमाया' [भिडियो]

इकागज |
असार १४, २०८१ शुक्रबार १९:२ बजे

काठमाडौँ- गायिका स्मिता दाहालको नयाँ गीत ‘ज्यानमाया’ सार्वजनिक भएको छ । गायिका दाहालले शुक्रबार ‘ज्यानमाया’ बजारमा ल्याएकी हुन् ।

नवराज ढुंगानाको शब्द रहेको गीतमा दिपक शर्माको संगीत रहेको छ । गीतको भिडियोमा प्रियंका कार्की र कविता नेपालीसहित सरोज वलीको अभिनय तथा नृत्य देख्न सकिन्छ । गीतलाई भव्य सेट लगाएर निर्माण गरिएको छ ।


श्यामस्वेत रसाइलीले एरेन्ज गरेको यो गीतको भिडियो छायांकन र सम्पादन पवन सुस्लिङले गरेका छन् । भिडियो निर्देशन गम्भिर विष्टले गरेका छन् ।

गायिका दाहालको ‘मायालु तिमी कता छौं’, ‘मालिङ्गो’, ‘आँखामा गाजल’, ‘लुकाउने ठाँवै छैन’ जस्ता हिट गीत बजारमा आइसकेको छ ।

भिडियो :


Author

थप समाचार
x