कला

स्वर सम्राट नारायण गोपालको घर र मानपदवीलाई संकलन गरी संग्राहलय बनाइने

इकागज |
असार १४, २०८१ शुक्रबार १९:३० बजे

काठमाडौँ- स्वर सम्राट नारायण गोपालको घर र मानपदवीलाई संकलन गरी संग्राहलय बनाइने भएको छ । 

नारायण गोपाल संगीत कोषले स्वर सम्राट नारायण गोपालको घर, उनीद्वारा प्रयोग गरिएका साथै प्राप्त गरेका मान पदवी तक्मा आदि वस्तुहरू तथा फोटो जस्ता सामानहरू संकलन गरी संग्राहलय बनाउन लागेको घोषणा गरेको छ । कोषले शुक्रबार यस्तो जानकारी गराउँदै संग्राहलय निर्माण गर्न पाउँदा गर्व महसुस भएको जनाएको छ ।


कोषले भनेको छ, 'निकट भविष्यमै स्वर सम्राट नारायण गोपालको घर, उनीद्वारा प्रयोग गरिएका साथै प्राप्त गरेका मान पदवी तक्मा आदि वस्तुहरू तथा फोटो जस्ता सामानहरू संकलन गरी संग्राहलय बनाउन लागेको खुसीको खबर सबै मित्रजनहरूमा सम्प्रेषण गर्न पाउँदा गर्व महसुस भएको छ ।'

कोषले ​संग्राहलयसम्बन्धी विज्ञहरूको सल्लाह र सहयोगमा यो कार्य हुन गइरहेको जानकारी गराउँदै  यदि कसैसँग स्वर सम्राटसँग सम्बन्धित केही सामग्रीहरू भए उपलब्ध गराइदिन पनि अनुरोध गरेको छ ।


Author

थप समाचार
x