कला

‘कमेडी च्याम्पियन’ सिजन ३ को फिनाले शनिबार हुँदै

इकागज |
असार १४, २०८१ शुक्रबार २२:५ बजे

काठमाडौँ- रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन ३ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । शनिबार अपराह्न ४ बजेदेखि मूलपानीस्थित आफ्नै स्टुडियोमा फिनाले हुने भएको हो ।

फिनालेमा उत्कृष्ट ३ फाइनलिस्ट मध्येबाट एक जना विजेता घोषणा गरिनेछ । काठमाडौँका सुनिल खड्का, नवलपुरकी सुयशा खनाल र सुनसरीका ऋषभ काफ्ले च्याम्पियनको फाइनल प्रतिस्पर्धामा छन् । यीमध्ये सुयशा कमेडी च्याम्पियनको फिनालेसम्म पुग्ने अहिलेसम्मकै कान्छी प्रतिस्पर्धी हुन् ।


कमेडी च्याम्पियनुमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक छन् ।

शनिबार बेलुका ७ः३० बजेसम्मका लागि भोट खुला गरिएको छ । फाइनलिस्टहरू यति बेला भोटिङ क्याम्पियनमा व्यस्त छन् । फिनालेलाई कान्तिपुर टेलिभिजन र ओएसआर रियालिटीमार्फत लाइभ प्रसारण गरिनेछ ।

यो पटक विजेतालाई यसअघिको सिजनमा भन्दा महंगो मूल्यको 'नेटा भी' कार प्रदान गर्न लागिएको बताइएको छ ।


Author

थप समाचार
x