अटो

जेसिबीको एक्सक्लुसिभ रिटेलर अब बर्दिबासमा

इकागज |
पुस ३, २०८० मंगलबार १३:९ बजे

काठमाडौँ- एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्स प्रा. लि. नेपालको लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सले एक्सक्लुसिभ रिटेलर मिथिला अर्थमुभर्स बर्दिबासमा सञ्चालनमा ल्याएको छ ।

एक कार्यक्रममा बर्दिबास नगरपालिकाका मेयर प्रल्हाद कुमार क्षेत्री, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सका निर्देशक गोपाल कुमार अग्रवाल, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सका बिजनेस हेड रोशन कुमार श्रेष्ठ तथा कर्मचारीवर्ग, तथा बर्दिबासका स्थानीय ग्राहकमार्फत संयुक्त रुपमा उद्घाटन गरिएको छ ।


'जेसिबी मेसिनहरूलाई बिगार्ने, काम चलाउ नक्कली पार्टसको बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्य लिएर "JCB लाई JCB मात्र" भन्ने नाराका साथ एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सको सुरूवात हामीले गरेका हौँ र हामीले सुरुवातदेखि नै ग्राहकवर्गबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेका छौँ' कम्पनीका एक प्रतिनिधिले भने ।

कम्पनीले ग्राहकहरूको सहजताको लागि नक्कली पार्टपुर्जाहरूको प्रयोग र जोखिमबाट जोगाउन जेसिबीका सक्कली पार्ट्सहरू आफ्ना एक्सक्लुसिभ तथा नन् एक्सक्लुसिभ रिटेलरहरूमार्फत देशभर बिक्री वितरण गर्दै आएको छ । 

अब बर्दिबासका ग्राहकहरूले मिथिला अर्थमुभर्समार्फत सजिलै जेसिबीका सक्कली पार्ट्सहरु खरिद गर्न पाउने जनाएको छ । 


Author

थप समाचार
x