अटो

जेसिबीको एक्सक्लुसिभ रिटेलर अब ढल्केबरमा

इकागज |
पुस ८, २०८० आइतबार २१:३१ बजे

काठमाडौँ- एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर प्रालि नेपालको लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता हो । 

कम्पनीले ग्राहकहरूको सहजताको लागि, ग्राहकहरूलाई नक्कली पार्टपुर्जाहरूको प्रयोग र जोखिमबाट जोगाउन जेसिबीका सक्कली पार्ट्सहरू आफ्ना एक्सक्लुसिभ तथा नन् एक्सक्लुसिभ रिटेलरहरू मार्फत देशभर बिक्री वितरण गर्दै आएको छ । 


यसै अन्तर्गत एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरले आफ्नो एक्सक्लुसिभ रिटेलर पायल मोटर पार्ट्स, ढल्केबरमा सञ्चालनमा ल्याएको छ जसको उद्घाटन ढलकेबर-६ का वडाध्यक्ष नन्दकिशोर यादव, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरका निर्देशक गोपालकुमार अग्रवाल, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरका बिजनेस हेड रोशनकुमार श्रेष्ठ, पायल मोटर पार्ट्सका प्रबन्ध निर्देशक दीपेन्द्र शाह तथा ढल्केबरका स्थानीय ग्राहकमार्फत संयुक्त रूपमा गरियो ।  

यसको सुरुवात सँगै अब ढल्केबरका ग्राहकहरूले पायल मोटर पार्ट्स मार्फत सजिलै जेसिबीका सक्कली पार्ट्सहरू खरिद गर्न पाउनेछन् । 

'जेसिबी मेसिनहरूलाई बिगार्ने, काम चलाउ नक्कली पार्टसको बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्य लिएर भन्ने नाराका साथ एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरको सुरुवात हामीले गरेका हौं र हामीले सुरुवातदेखि नै ग्राहकवर्गबाट एकदम उत्कृष्ट प्रतिक्रिया पाइरहेका छौं,' कम्पनीका प्रतिनिधिले भने ।
 


Author

थप समाचार
x