अटो

रोयल इन्फिल्ड मिटिओर ३५० सीसीका मोटरसाइकल सार्वजनिक, मूल्य पाँच लाख माथि

इकागज |
पुस १३, २०८० शुक्रबार ११:५० बजे

काठमाडौँ -  रोयल इन्फिल्ड मिटिओर ३५० सीसीको तीन वटा नयाँ मोटरसाइकल पुनः सार्वजनिक भएको छ । 

रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. नक्सालस्थित रोयल इन्फिल्ड शोरुममा त्रिवेणी ग्रुपका निर्देशक सुबाष चन्द्र संघाइ र रोयल इन्फिल्डकाका नेपाल प्रतिनिधी  अभिषेक सुक्लाले फायर बल, मिटिओर स्टेलर र मिटिओर सुपरनोभा सार्वजनिक गरेका हुन् ।  


कम्पनीका अनुसार मिटिओर मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको हो । यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–ओयल कुल्ड, इलेक्ट्रोनिक फ्यूल इन्जेक्सन रहेको छ । उक्त इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.२ ब्रेकहर्स पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ भने यस्मा डुअल डिस्कब्रेक दिएको छ । 

यी सबै मोटरसाइकलहरुमा १५ लिटरको फ्युल ट्यांक क्षमतारहेको छ भने प्रति लिटर औषत ४० किलोमिटर माइलेज दिनेछ  । इजी क्रुजिइग डिजाइनमा रहेको यी मोटरसाइकलमा १४०० एमएम व्हीलबेस, ७६५ एमएम सिटको उचाइ, ट्विन डाउनटुव स्पाइन फ्रेम, आगाडि चौडा टुबलेस टायर, पछाडि चौडा टुबलेस टायर जस्ता फिचरहरू रहेका छन् ।

मिटिओर फायरबल ३५० सीसी पहेंलो, रातो, निलो र म्याट हरियो रंगमा उपलब्ध छन् । त्यस्तै मिटिओर स्टेलर ३५० सीसी कालो, निलो र रातो रंगमा उपलब्ध छन् भने मिटिओर सुपरनोभा ३५० सीसी खैरो, निलो र रातो रंगमा रोयल इन्फिल्डका १८ बाटै शोरुममा उपलब्ध छन् ।

कम्पनीले मिटिओर फायरबल ३५० सीसीको मूल्य पाँच लाख ५० हजार रुपैयाँ, मिटिओर स्टेलर ३५० सीसीको मूल्य ५ लाख ५५ हजार रुपैयाँ र मिटिओर सुपरनोभा ३५० सीसीको मूल्य ५ लाख ६५ हजार रूपैयाँ तोकेको छ । सबै भेरियन्टको बुकिङ समेत खुलिसकेको छ ।


Author

थप समाचार
x