अटो

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो 'हुन्डाई न्यू इयर डिलाइट २०२४' योजना

इकागज |
पुस १६, २०८० सोमबार १९:३७ बजे

काठमाडौँ- ​हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै 'हुन्डाई न्यू इयर डिलाइट २०२४' योजना ग्राहकहरू माझ ल्याएको छ । यो ग्राहकमुखी योजना यही पुष १६ गतेदेखि नेपालभरिका सबै शोरुममा सुरु भएको छ ।

यस योजना अन्तर्गत, ग्राहकहरूले रु. ५,००,००० सम्मको आकर्षक नगद छुट, विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरूप रु. ५०,००० सम्मको गो-ग्रीन बोनसका साथै गाडीको  मोडल इयरको आधारमा रु. ५,००,००० सम्मको छुट प्राप्त गर्न सक्ने छन् । यो योजनामा ग्राहकहरूले गाडी खरिद गर्दा एक वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन् ।


सबै हुन्डाई  ICE गाडीहरूमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्ग र EV गाडीको ब्याट्रीमा ८ वर्ष र मोटरमा २ वर्ष वारेन्टी उपलब्ध हुनेछन् । यस स्किमबाट हुन्डाईको कुनै पनि Hatchback, Compact SUV, SUV तथा EV गाडी खरिद गरी फाइदा लिन सकिनेछ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नेपाल भरी १७ शोरुमहरू तथा १९ सर्भिस सेन्टरहरू र ४३+ चारजिङ पोइन्टहरू मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरूले विश्वभरी करोडौँ ग्राहकहरूको मन तथा विश्वास जित्न सफल भएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरूको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ ।


Author

थप समाचार
x