अटो

रोयल इन्फिल्डको हन्टर कार्निभल कार्यक्रम सम्पन्न

इकागज |
फागुन १३, २०८० आइतबार १७:१२ बजे

काठमाडौँ- रोयल इन्फिल्डले हन्टर कार्निभल ‘राइड एन्ड भाइव’ थिममा कार्यक्रम आयोजना गरेको छ । रोयल इन्फिल्डका लागि आधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्रालिले हालै बजारमा ल्याएको हन्टर ३५० मोटरसाइकलको कार्निभल शनिबार इजी वे ट्रायल सेन्टर, शंखमुलमा सम्पन्न भएको हो ।


कार्यक्रममा टेस्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इन्फिल्ड गियर एन्ड जी एम ए प्रदर्शनी, मोटरसाइकल एक्सचेन्ज क्याम्प, हेरिटेज कर्नर, भिन्टेज परेड, फुड स्टल र म्यूजिकल पर्फमेन्सलगायतका प्रस्तुति थिए । कार्यक्रममा १२०० जना सहभागी थिए ।

प्रतियोगितामा सञ्जय बुढाथोकी पहिलो, राम भण्डारी दोस्रो र आर्जित श्रेष्ठ तेस्रो भएका छन् । उनीहरूलाई पदक, प्रमाणपत्र, रोयल इन्फिल्डको राइडिङ ज्याकेट, हेल्मेट लगायतका सामान प्रदान गरिएको अल्फा अटोमोटिभ प्रालिले जनाएको छ ।


Author

थप समाचार
x