अटो

बिवाइडीको ‘नेपाली अब युरो कपमा’ स्किम योजना सार्वजनिक

इकागज |
फागुन १४, २०८० सोमबार १७:२१ बजे

काठमाडौँ- बिवाइडीले युरो कपको ‘नेपाली अब युरो कपमा’ स्किमको योजना ल्याएको छ । नेपालमा आधिकारिक विक्री वितरण विद्युतीय सवारीसाधनको सिमेक्स कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गरी युरो कप २०२४ को स्किम योजना लिएर आएको हो ।

सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीले ’नेपाली अब युरो कपमा’ स्किम योजना सार्वजनिक गरेको हो । सिमेक्स कम्पनीका अनुसार ११ जना भाग्यशाली ग्राहकले युरो कपको मजा लिन पाउने छन् । यो योजनाले ग्राहकलाई अविस्मरणीय अनुभव प्रदान गर्नेमा विश्‍वास राखेको कम्पनीले बताएको छ ।


जर्मनमा हुने युरो कपको बिवाइडी अफिसियल पार्टनर रहेकाले फुटबल प्रेमी ग्राहकहरूलाई प्रत्यक्ष रुपमा युरोप कप हेर्ने अवसर प्रदान गर्न लागेको हो ।

जर्मनको दश प्रसिद्ध स्टेडियममा सन् २०२४ को जुन १४ देखि जुलाई १४ सम्म युरो कप हुने भएको छ । न्यु इनर्जी भेहिकलको बिवाइडीबीचको यो सम्झौता च्याम्पियनशिपको इतिहासमा पहिलोपटक सम्झौता भएको दाबी गरिएको बताइएको छ ।

सिमेक्स विद्युतीय सवारीसाधनको क्षेत्रमा उत्कृष्टता र नवीनतालाई प्रेरित गर्दै आफ्ना ग्राहकलाई नौलो अनुभव प्रदान गर्दै आएको छ । यो युरो कप स्किमको योजनाले पनि कम्पनीले ग्राहकलाई सन्तुष्टिप्रतिको समर्पण र फुटबल खेल प्रतिको मोह बुझाएको कम्पनीले जनाएको छ ।


Author

थप समाचार
x