अटो

याङवाङले ल्यायो यु नाइन, मूल्य १.६८ मिलियन आरएमबी

इकागज |
फागुन १६, २०८० बुधबार २१:६ बजे

काठमाडौँ- विद्युतीय सवारीसाधन र पावर ब्याट्रीको उत्पादनमा विश्वमै अग्रणी, बीवाइडी (BYD) ले आफ्नो पहिलो प्रीमियम उप-ब्राण्ड अन्तर्गतको सम्पूर्ण इलेक्ट्रिक सुपरकार मोडल U9 को अनावरण गरेको छ । बिक्री मूल्य १.६८ मिलियन RMB तोकिएको YANGWANG U9 को बिक्री वितरण यही वर्षको गर्मीमा गरिने छ ।

"टाइम गेट" डिजाइनको भाषालाई अनुशरण गर्दै, YANGWANG U9 ले एक विशिष्ट सौन्दर्यकला प्रतिबिम्बित गर्दछ, जसले नौलो समानुपात, र पावरको बोध गराउँछ र एक सम्पूर्ण इलेक्ट्रिक सुपरकारको व्यक्तित्व प्रतिबिम्बित गर्दछ ।


U9 लाई मजबुत प्रविधिहरूको प्रयोग गरेर, ट्र्याकका, सडकका, तथा  रमाइलोका लागि तयार, गरिएको छ ।

YANGWANG U9मा जडित दुई मुख्य प्रविधिहरू, e4 प्लेटफर्म र DiSus-X बडीलाई नियन्त्रण गर्ने बौद्धिक प्रणाली, सम्पूर्ण इलेक्ट्रिक सुपरकारको खण्डमा क्रान्तिकारी छ, ट्र्याक प्रदर्शन, सडक अनुकूलन क्षमता, र रमाइलो विशेषताहरूलाई अविचलित रूपमा इंटीग्रेट गर्दछ ।

e4 प्लेटफर्म एक पावर सिस्टम हो, जसमा चार स्वतन्त्र इलेक्ट्रिक मोटरहरू छन्, चार वटै पंग्राको स्वतन्त्र ट्वर्क निर्यात नियन्त्रणले उपयोगकर्ताहरूलाई सुरक्षा, प्रदर्शन, र अनुभवक अनुभूति दिन्छ । YANGWANG U9 मा १,३०० हर्सपावर र अधिकतम १६८०N•m को ट्वर्क क्षमता छ ।

 

• BYD को उच्च श्रेणीको ब्राण्ड YANGWANG, ले आफ्नो पहिलो विशुद्ध इलेक्ट्रिक सुपरकार मोडल U9, मूल्य १.६८ मिलियन RMB मा सार्वजनिक गरेको छ ।
• YANGWANG U9 को अधिकतम गति ३०९.१९ किलोमीटर प्रति घण्टा र ० देखि १०० किलोमिटर प्रति घण्टा मात्र २.३६ सेकेण्डमा ।
• YANGWANG U9 दुई मुख्य प्रविधिले सुसज्जित छ, e4 प्लेटफर्म र DiSus-X इन्टेलिजेन्ट बडी नियन्त्रण प्रणाली, जसले सम्पूर्ण इलेक्ट्रिक सुपरकारको क्षेत्रमा क्रान्ति ल्याउने सुनिश्चित छ । 

 

BYD DiSus-X इन्टेलिजेन्ट बडी नियन्त्रण प्रणाली यस मा भएको अर्को नविन प्रयोग हो । BYD DiSus-X इन्टेलिजेन्ट बडी नियन्त्रण प्रणालीको पहिलो प्रयोगले YANGWANG U9 को सस्पेन्सनलाई उच्चतम ७५mm सम्मको यात्रा गर्न दिन्छ । र, यसको ५००mm/सेकेण्ड को सिङ्गल- एक्सिस लिफ्टिङ स्पीड र अधिकतम १ टनभन्दा बढी भर उठाउन क्षमताले ब्रेकिङ्ग, एसिलेरेसन, मोड र रोडको अवस्था जस्ता जुनसुकै परिस्थितिमा पनि U9 मा उपलब्ध सुविधाहरूले चालक र यात्रु दुबैलाई अभुतपुर्व ड्राइभिंग अनुभव प्रदान गर्दछ । यसको अतिरिक्त, YANGWANG U9 मात्र एक क्लिकमा संगीतमा नृत्य गर्न सक्दछ ।

हालसालै गरिएको अनुसन्धानमा, YANGWANG U9 को  शीर्ष गति ३०९.१९ किलोमीटर प्रति घण्टा र ० देखि १०० किलोमीटर प्रति घण्टा २.३६ सेकेण्डमा, ०-४००m एसिलेरेसन मात्र ९.७८ सेकेण्डमा भन्ने प्रमाणित भएको थियो । त्यो संगै ट्रयाकमा गरिएको परिक्षणमा U9को अति-सुधारिएको ताप व्यवस्थापन प्रविधिले उच्च तापको व्यवस्थापन गर्दै अधिकतम शीतलता धारण गर्ने क्षमतामा १००% वृद्धि देखाएको छ । ब्लेड ब्याटरी डिस्चार्जिङ्ग र शीतलत प्रदान गर्ने प्रविधिहरूले र दुइवटा प्लग-इन अति-द्रुत चार्जिङ प्रविधिले अधिकतम ५०० किलोवाट को चार्जिङ शक्ति प्रदान गर्दछ । साथै, YANGWANG U9 मा उपलब्ध  १२ सेटको सक्रिय र निस्क्रिय एरोडाइनामिक प्याकेजहरूले ड्र्याग कोईफिसियन्ट कम गर्ने र तापका कारण हुने क्षय घटाउने काम गर्दछ । 
 
YANGWANG U9 सुपर कार्बन-फाइबर केबिनलाई गर्मीमा प्रतिरोधी हुनको लागि विभिन्न सामग्रीहरू बाट बनाइएको छ जुन आगामी पिंढीको CTB प्रविधि हो । र यसले ५४४२५N•m/deg को मोडको दबाव र छतको एकल पक्षीय संकुचन भार ११ टन माथि पुर्याउँछ, जसले सम्पूर्ण यात्राको सुरक्षा सुनिश्चित गर्दछ ।

YANGWANG U9, DiLink150 इन्टेलिजेन्ट प्लेटफर्म बाट सुसज्जित छ जुन अनुकूलित ४nm ५G चिपहरूद्वारा संचालित हुन्छ । विशेष गरी ट्र्याक ड्राइभिंगको लागि डिजाइन गरिएको यो एक इन्टेलिजेन्ट रेसिंग सहायक हो । जसले चीन भित्रका लगभग ३० रेस ट्र्याकहरूको विस्तृत जानकारी सहित व्यापक ट्र्याक ड्राइभिंग सेवाहरू प्रदान गर्दछ ।
 
भित्र, YANGWANG U9 को क्याबिनमा दुई १४ तरिकाले समायोजन गर्न मिल्ने सिटहरू छन्, जसले ड्राइभर र उत्कृष्ट अनुभव प्रदान गर्दछ । यसमा रहेको, Dynaudio Evidence श्रेणीको उच्च स्तरको ऑडियो प्रणालीले अभुतपुर्व श्रव्य अनुभूति प्रदान गर्दछ ।

BYD को नवाचार र सततता साथै, YANGWANG सुपरकारलाई नयाँ रूपमा परिभाषित गरेको छ । यसमा नवाचारी तकनीक र श्रेष्ठ प्रदर्शन पाइन्छ, जुन प्रयोगकर्ताहरूलाई बिना समर्थन सुरक्षा र अतुलनीय अनुभव प्रदान गर्दछ ।
 


Author

थप समाचार
x