अटो

विद्युतीय गाडी बनाउने फिस्करले १५ प्रतिशत कर्मचारी कटौती गर्दै

इकागज |
फागुन १८, २०८० शुक्रबार १०:५९ बजे

काठमाडौँ- अमेरिकी अटोमोटिभ कम्पनी फिस्करले १५ प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ ।

आगामी १२ महिना कम्पनी टिकाउनका लागि पर्याप्त रकम नभएको भन्दै विद्युतीय गाडी बनाउने कम्पनी फिस्करले १५ प्रतिशत कर्मचारी कटौती गर्न लागेको टेकक्रन्चले जनाएको हो ।


फिस्करले जनाएअनुसार उसले रकम उठाउन विभिन्न उपायहरू अपनाइरहेको छ । उसले पहिला सोझै ग्राहकलाई गाडी बिक्री गर्नुका साटो डिलरसिप मोडेलमा काम गरिरहेको छ ।

सन् २०२३ को सेप्टेम्बरसम्म फिस्करमा १ हजार ३ सय कर्मचारी थियो । यसको अर्थ कम्पनीले करिब २ सय कर्मचारीलाई हटाउन लागेको हो ।


Author

थप समाचार
x