अटो

नेपाल हेभि ईक्युप्मेन्ट व्यवसायी संघको अध्यक्षमा कुँवर निर्वाचित

इकागज |
फागुन २१, २०८० सोमबार १७:४१ बजे

काठमाडौँ- नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौँको अध्यक्षमा मेजर शम्शेर कुँवर ( महेश)  निर्वाचित भएका छन् । सोमबार संघको नवौँ साधारण सभा तथा पाँचौ अधिवेशनले कुँवरलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

निर्वाचित भएपछि अध्यक्ष कुँवरले आर्थिक मन्दीका कारण व्यवसायीहरू समस्यामा परेकाले उनीहरूको समस्या सुनेर समाधान गर्ने बताए ।  


उपाध्यक्षमा दानबहादुर बोगटी र अरुण शर्मा निर्वाचित भएका छन् । सचिवमा ताराबहादुर कटुवाल, सह-सचिवमा नेत्रबहादुर अधिकारी, कोषाध्यक्षमा खेमराज आचार्य र सह कोषाध्यक्ष शालिकराम श्रेष्‍ठ निर्वाचित भएका हुन् ।

त्यसैगरी, सदस्यमा खड्गबहादुर कार्की, उजिस पोख्रेल, अकुरराज गिरी, शालीकराम अधिकारी, सन्तोष श्रेष्ठ, श्यामकृष्‍ण खड्गी, रामहरि रिमाल र दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका हुन् ।

संघको सल्लाहकार सदस्यमा डाक्टर तारा बहादुर कुँवर, यादवलाल श्रेष्ठ र सुनिल थापा छन् ।

यसअघि संघमा उत्तमराज बिष्ट अध्यक्ष थिए । उनले कार्यसमितिको कार्यकाल पुरा गरी नेतृत्व हस्तान्तरण गरेका हुन् ।


Author

थप समाचार
x