अटो

१५० करोडको लगानीमा होण्डाले नेपालमै स्थापना गर्यो 'असेम्ब्लिप्लान्ट'

इकागज |
फागुन २३, २०८० बुधबार २१:२७ बजे

काठमाडौँ ​- नेपालमा सर्वाधिक विक्री हुने होण्डाका दुइपाङ्ग्रे सवारीको असेम्ब्लि अब नेपालमै हुने भएको छ। यही २०२४, मार्च ६ तारिखका दिन, होण्डा मोटरसाइकलको मुख्य बिजिनेस युनिटका भाइस-प्रेसिडेन्ट Mr. Minoru Kato द्वारा भैरहवामा होण्डाको 'असेम्ब्लिप्लान्ट' कोसमुद्घाटन सुसम्पन्न भयो।

समुद्घाटनको औपचारिक कार्यक्रममा होण्डा कम्पनीका विभिन्न स्वदेशी तथा विदेशी प्रतिनिधिहरुको उपस्थिति थियो। Kumamoto Factory, Vechile Assembly Plant का General Manager Mr.Tayuki Nakanose कासाथै  ASH (Thailand) बाट बिक्री निर्देशक Mr. Tetsuya Komine तथाउत्पादननिर्देशक Mr. Yoichi shimada को उपस्थितिले कार्यक्रमको थप शोभा बढाएको थियो। त्यसैगरी, समुद्घाटन कार्यक्रममा जापानबाट Sales Department Manager, Mr. Masahide Hirose र Assistant Manager, Mr. Yasuyuki Yamamoto को उपस्थितिले कार्यक्रमको गरिमा बढाएको थियो।


त्यसैगरी, समुद्घाटनको औपचारिक कार्यक्रममा HMSI (INDIA ) का Production तर्फका Director, Mr. Naveen Awal र Export/Import Sales & After Sales तर्फका General Manager, Mr. Pradeep Chaudhry को सम्मानजनक उपस्थिती रहेको थियो।

१५०करोडको लगानीमा २ लाख स्क्वाएरफुटको क्षेत्रफलमा रहेको यस प्लान्टले १ लाख वटा मोटरसाइकल र स्कुटर उत्पादनको क्षमता राख्ने कम्पनीले बताएकोछ।विगत ५५ बर्ष भन्दा बढी समयदेखि आफ्ना ग्राहकवर्गको विश्वास जित्दै आएको होण्डा,उत्पादनको गुणस्तरमा सधैँ प्रतिबद्ध र ग्राहकको सन्तुष्टमा सदैव दृढर हँदै,दुई पाङ्ग्रे सवारीमा नेपालकै सर्वाधिक बिक्री हुने ब्राण्ड हो।

होण्डाको नेपालकालागि अधिकृत विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा  लि.का अनुसार नवस्थापित असेम्ब्लिप्लान्टसंगै आफ्नो सहायक कम्पनी हिमाल मोटो प्रा.लि.मार्फत उत्पादनको विक्रीवितरण, पाटपुर्जाको उपलब्धता र सर्विसिङ्गको सेवा झनै सहज र सुलभ हुनेमा कम्पनी विश्वस्त रहेको जनाएको छ।


Author

थप समाचार
x