अटो

बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टरको स्थापना

इकागज |
बैशाख ६, २०८१ बिहीबार १९:३ बजे

काठमाडौँ- रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले ललितपुरको बालकुमारीमा अत्याधुनिक रोयल इन्फिल्डको ट्रेनिङ सेन्टरको स्थापना गरेको छ। 

यस ट्रेनिङ सेन्टरबाट रोयल इन्फिल्डका जनशक्तिलाई श्रेणीगत ट्रेनिङ दिइनेछ भने प्रिल्यान्स मेकानिक, अटोमोबाइल डिप्लोमा होल्डर, राइडर कम्युनिटी, मोटो-भलगर/मोटो-ब्लगर/मोटो-जर्नलिस्टलाई समेत ट्रेनिङ प्रदान गरिने कम्पनीले जनाएको छ ।


यस ट्रेनिङबाट दक्ष जनशक्ति उत्पादन हुने लक्ष्य एवं विश्वास कम्पनीले लिएको छ । 

रोयल इन्फिल्ड सर्भिसका नेशनल बिजनेस हेड संजय राम पत्रिकार र अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्ष वर्धन संघाइले संयुक्त रुपमा सेन्टरको उद्घाटन गरे ।


Author

थप समाचार
x