अटो

होन्डा कारको मनसुन सर्भिस क्याम्प सुरु, के-के छ सुविधा​ ?

इकागज |
असार १८, २०८१ मंगलबार १९:२ बजे

काठमाडौँ- होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले मनसुन सर्भिस क्याम्प सुरु गरेको छ । आजबाट सुरु भएको उक्त क्याम्प २१ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । क्याम्प धोबीघाटस्थित होन्डा शोरुममा सञ्चालन हुने कम्पनीले जनाएको छ ।​

५ दिनसम्म चल्ने उक्त क्याम्पमा ग्राहकले गाडीको सर्भिसिङ एवं स्क्यानिङ, एयर ब्याग, ब्याट्री हेल्थ चेकअप, टायर निरीक्षणको साथै विभिन्न ३२ प्वाइन्ट निरीक्षण नि:शुल्क रूपमा गराउन पाउने छन् । ​यसैगरी, गाडीको मर्मत सम्भार गराउँदा फेर्नुपर्ने पेयर पार्ट्समा ७ प्रतिशत छुट, लेवर चार्जमा १५ प्रतिशत र लुब्रिकेन्ट्समा ५ प्रतिशत छुट पाइनेछ । साथै, डेन्टपेन्टमा १५ प्रतिशत र एसि रिफिलमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । 



Author

थप समाचार
x