अटो

नेपालकै भरपर्दो विद्युतीय गाडी हुन्डाईको कोना किन्न अब शून्य प्रतिशत ब्याजदरमा

इकागज |
असार २०, २०८१ बिहीबार १८:११ बजे

काठमाडौँ- नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय गाडी कोनाको खरिदमा 0% (शून्य प्रतिशत) प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको छ । हुन्डाईले KONA मा “Zero Emission, Zero Interest”  योजना ग्राहक माझ सार्वजनिक गरेको छ ।

दिगोपन र पर्यावरण-मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता थप मजबुत गर्न यस योजना अन्तर्गत इच्छुक ग्राहकहरूले 0% ब्याजदरमा पाँच वर्षको लागि ५०% डाउनपेमेन्ट गरी हुन्डाई कोना खरिद गर्न सक्नेछन् । 


आफ्नो उत्कृष्ट डिजाइन, पर्फोरमन्स र विश्वसनीयताका साथ हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाउन सफल भएको छ । हुन्डाई KONA २ वटा भेरियन्टमा उपलब्ध छ । कोना GL को मूल्य रु. ५९,९६,००० र GLS भेरियन्टको मूल्य रु. ६४,९६,००० रहेको छ । 

हुन्डाई कोनामा मल्टी स्टेज हाइ भोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री रहेको छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्ने छ । कोना इलेक्ट्रिकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने छ । हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्नेछ ।

नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आइरहेको छ । विद्युतीय गाडीलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको कम्पनीले विभिन्न चरणमा आयोजना गरेको High Voltage Battery Check-up camp मा ५०० भन्दा बढी विद्युतीय सवारीसाधन मा परीक्षणको नतिजाअनुसार ५ वर्षसम्म चलाइएका कोनाका ब्याट्रीको शक्ति ( SOC) ९८ प्रतिशतभन्दा बढी पाइएको थियो ।

विश्वव्यापी रूपमा निकै रुचाइएको कोना नेपाली बजारमा पनि धेरै रुचाइएको विद्युतीय गाडी हो । हुन्डाई कोनाले नेपालमा विद्युतीय गाडीप्रतिको सोच, क्षमता, यसको उपयोगितालाई नयाँ परिभाषा मात्र दिएको छैन, यसले स्थापना गरेको विद्युतीय गाडीप्रतिको विश्वास, आफ्नो सर्वाधिक रि- सेल भ्यालुबाट दोस्रो बजारमा समेत आफ्नो पहिचान मजबुत बनाएको छ । विश्वसनीयताप्रतिको प्रतिबद्धता हुण्डाईको आधारशिला हो र कोना इलेक्ट्रिक एउटा उदाहरण हो जसले यो कुरालाई परिभाषित गर्दछ । यिनै कारणहरूले हुन्डाई कोनाले नेपाली अटो बजारमा आफ्नो साखलाई अझै मजबुत बनाउनुका साथै स्वच्छ वातावरण र पर्यावरणमैत्री साधन खोज्ने ग्राहकहरूको पहिलो रोजाइ बन्न सफल रहेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १६ शोरुम तथा १९ सर्भिस सेन्टरहरू मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । साथै ईभी चार्जिङ गर्नका लागि ४४+ भन्दा बढी स्थानहरूमा चार्जिङ पोइन्ट स्थापना गरी सेवा दिँदै आएको छ ।


Author

थप समाचार
x