अटो

बीवाईडी सर्भिस नेटवर्क विस्तार गर्दै साइमेक्स इंक, दुई नयाँ अत्याधुनिक सर्भिस सेन्टरको उद्घाटन

इकागज |
साउन ११, २०८१ शुक्रबार १७:४४ बजे

काठमाडौँ- बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले काठमाडौँ उपत्यकामा दुई नयाँ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । ग्राहक आधार वृद्धि भइरहेको सन्दर्भमा अझै राम्रो सेवा प्रदान गर्नका लागि यी सर्भिस नेटवर्कको विस्तारले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ ।

गौरीघाटमा थप सुविधाका साथ सर्भिस सेन्टर


सन् २०२२ देखि सञ्चालनमा रहेको गौरीघाटस्थित सर्भिस सेन्टरलाई बीवाईडीको पछिल्लो गाइडलाइन अनुसार थप परिष्कृत गरेर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको हो ।  ४५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको सो अत्याधुनिक सर्भिस सेन्टरमा इलेक्ट्रिक भेइकलका लागि आवश्यक स्पेसलाइज्ड टुल सेटबाट सञ्चालन गर्न सकिने ८ सर्भिस बे रहेको कम्पनीले जनाएको छ ।

त्यसैगरी बेजोड सर्भिस अनुभव प्रदान गर्नका लागि स्पेयर पार्ट्स वेयर हाउस रहेको छ । डेन्ट पेन्ट सर्भिसका लागि डेडिकेटेड स्टेसन र ग्राहकका लागि कम्फर्टेबल लाउन्ज समेत रहेको छ ।

गौरीघाट सर्भिस सेन्टरमा सुपेरियर सर्भिस प्रदान गर्न प्रतिबद्ध ५० कर्मचारी रहेका छन् । उक्त सर्भिस सेन्टरको उद्घाटन सविन तन्डुकारले गरेका थिए, जो फर्स्ट जेन बीवाईडी ई६ को पहिलो ग्राहक हुन् ।

कुपण्डोलमा नयाँ सर्भिस सेन्टर

ललितपुरका लागि बीवाईडीको आधिकारिक वितरक रहेको इको ड्राइभ अटोमोबाइल्सले कुपण्डोलमा नयाँ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । ८ हजार ५५६ वर्गफिट क्षेत्रफलमा फैलिएको सो सर्भिस सेन्टरमा ६ सर्भिस बे रहेका छन् । यी मध्ये २ वटा अर्जेन्ट सर्भिसका लागि प्रयोग गर्न सकिन्छ भने ४ वटा स्पेसलाइज्ड ईभी टुल्सद्वारा सुसज्जित छन् ।

सो क्षेत्रका बीवाईडी ग्राहकलाई कुशल र व्यापक सेवा प्रदान गर्नका लागि सर्भिस सेन्टरमा वासिङ बे र स्पेयर पार्ट्सका लागि डेडिकेटेड वेयर हाउस रहेको छ । इको ड्राइभका पहिलो ग्राहक अनिल जलान र बीवाईडी डल्फिनका पहिलो ग्राहक कृष्ण उप्रेतीले सो सर्भिस सेन्टरको उद्घाटन गरेका थिए ।

सुपेरियर सर्भिसका लागि प्रतिबद्धता

आफ्ना ग्राहकलाई ‘सुपेरियर र सिन्सियर सर्भिस’ प्रदान गर्ने कार्यमा साइमेक्स सदैव प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । बीवाईडी हेडक्वाटरका प्रतिनिधिहरूद्वारा समय समयमा प्रदान गरिने तालिमबाट सबै साइमेक्स सर्भिसका कर्मचारीहरू प्रशिक्षित छन् र ग्राहकलाई सुरक्षा प्रदान गर्ने कार्यमा प्रमाणपत्र प्राप्त गरेका छन् ।

परिष्कृत सर्भिस सेन्टर बाहेक साइमेक्सले आवश्यकता अनुसार इमर्जेन्सीको समयमा प्रयोग गर्न सकिने गरी रोड साइड असिस्टेन्स (आरएसए) भेइकल र सर्भिस हटलाइनको समेत व्यवस्था गरेको छ ।

हाल गौरीघाट र कुपण्डोलका साथै विराटनगर, बिर्तामोड, जनकपुर, वीरगन्ज, चितवन, बुटवल, नेपालगन्ज र दाङमा बीवाईडीका सर्भिस सेन्टर सञ्चालित छन् । आगामी तीन महिना भित्रै इटहरी, पोखरा, स्वयम्भू, भक्तपुर र बनेपामा समेत बीवाईडी सर्भिस नेटवर्क सञ्चालनमा आउने छन् ।

‘नयाँ सुविधा सहित काठमाडौँ उपत्यकामा सर्भिस नेटवर्क विस्तार गर्न पाउँदा हामी हर्षित छौँ,’ साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने, ‘हाम्रो लक्ष्य भनेको उच्च स्तरीय क्वालिटी र केयरका साथ ग्राहकको आवश्यकता पुरा गर्दै अतुलनीय सर्भिस अनुभव प्रदान गर्नु हो ।’


Author

थप समाचार
x