बैंक-वित्त

लघुवित्त पीडितद्वारा जिल्ला प्रशासन कार्यालय उदयपुर अगाडि धर्ना

इकागज |
फागुन १६, २०७९ मंगलबार १७:२४ बजे

काठमाडौँ- ​लघुवित्तीय संस्थाहरूले ज्यादती गरेको भन्दै लघुवित्त पीडितहरूले जिल्ला प्रशासन कार्यालय उदयपुर अगाडि धर्ना दिएका छन् ।

जिल्लाका विभिन्न स्थानबाट प्रदर्शनसहित आएका उनीहरूले मंगलबार प्रशासन कार्यालय अगाडि धर्ना दिएका हुन् । उनीहरूले लघुवित्तीय संस्थाहरूबाट आफूहरू पीडित भएको भन्दै लघुवित्त खारेजीको माग गरेका छन् ।


त्यस्तै उनीहरूले 'नवसामन्तिका रूपमा स्थापित लघुवित्त संस्थाहरू खारेज गर', 'लघुवित्त संस्थाहरूद्वारा लगानी गरिएको सामूहिक कर्जा मिनाहा गर', 'आम गरिबी किसानलाई निःशुल्क कर्जा प्रदान गर', 'आवश्यकता र क्षमताका आधारमा काम र दामको व्यवस्था गर' लगायतका माग राखेका छन् ।

५ बुँदे माग राखी लघुवित्त संस्थाविरुद्ध उदयपुरका स्थानीयहरू आन्दोलित बनेका छन् ।


Author

थप समाचार
x