बैंक-वित्त

सन्‌राइज बैंकका ग्राहकले भारतको अपोलो हस्पिटलमा उपचार गरे १० प्रतिशत छुट पाउने

इकागज |
बैशाख ११, २०८० सोमबार १४:० बजे

काठमाडौँ-  सनराइज बैंकले उसका सबै ग्राहकलाई  उच्चस्तरीय सुविधा दिने क्रममा भारतस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार अब सन्‌राइज बैंकका सम्पूर्ण ग्राहकले आफ्नो तथा आफ्ना परिवारका सदस्यहरूको उपचारको क्रममा अपोलो हस्पिटल, भारतबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरूमा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बै‌कले जनाएकाे छ ।


सम्झौतापत्रमा सन्‌राइज बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक रविनकुमार नेपाल र हस्पिटलका तर्फबाट अन्तर्राष्ट्रिय मार्केटिङका महाप्रबन्धक अजय भारद्वाजले आइतबार हस्ताक्षर गरे ।

इन्द्रप्रस्थ अपोलो हस्पिटल भारत स्थित एक प्रतिष्ठित अस्प्ताल हो जसले विभिन्न १४० देशका ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । उक्त सम्झौताअनुसार सन्‌राइज बैंकका सम्पुर्ण ग्राहक वर्गले सन्‌राइज बैंकको  डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा साधारण परीक्षणदेखि भर्ना खर्च सम्ममा १० प्रतिशतसम्म छुटका साथै सम्पूर्ण मेडिकल अपोइन्ट्मेन्ट्हरूको समन्वय, विमानस्थलमा ल्याउने-पुर्‍याउने लगायत अन्य सेवा तथा सुविधाहरूमा अपोलो हस्पिटल अन्तर्गत भारतभरि रहेका ७३ वटै अस्पतालमा यो विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

भारतमा उपचारको लागि जाने आम नेपालीको लागि लक्षित गरेर सन्‌राइज बैंकले छुटै पनि सञ्‍चालनमा ल्याइसकेको छ भने अपोलोलगायत विभिन्न भारतीय अस्पतालमा उपचार गर्दा लाग्ने खर्च समेत सन्‌राइज स्वास्थ्य योजना अन्तर्गत सोधभर्ना लिन सकिने बैंकले जनाएको छ । 


Author

थप समाचार
x