बैंक-वित्त

नबिल बैँकले ल्यायो पहिलो पटक ‘लाइफ टाइम फ्री क्रेडिट कार्ड’

इकागज |
बैशाख १२, २०८० मंगलबार १३:४९ बजे

काठमाडौं – नबिल बैँक लिमिटेडले ‘नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको छ ।  बैँकले आफ्ना ग्राहकलाई केन्द्रित गरेर नेपालमै पहिलो पटक ‘लाइफ टाइम फ्री क्रेडिट कार्ड’ ल्याएको हो ।

यस क्रेडिट कार्डका ग्राहकहरूलाई अरू कार्डमा जस्तै कुनै पनि वार्षिक शुल्क, नवीकरण शूल्क वा अन्य शुल्क नलाग्ने बैँकले जनाएको छ । उक्त कार्डमार्फत ग्राहकले किनमेल गर्न, बिल तिर्न र नगद झिक्ने समेत का सुविधाहरू प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ ।


कार्डले ग्राहकलाई सजिलो र सस्तो सुविधा लिन सहयोग पुग्ने बैंककी रिटेल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले बताइन् ।

‘हामी हाम्रो लाइफ टाइम फ्री क्रेडिट कार्ड सुरु गर्न पाउँदा उत्साहित छौँ र यो कार्डले हाम्रा ग्राहकहरूलाई पहिले भन्दा सजिलो र सस्तो सुविधा प्रदान गर्नेमा हामी विश्वस्त छौँ’, उनले भनिन् ।

नबिल बैँकका नयाँ र विद्यमान खाता भएका ग्राहकहरूले यो कार्डका लागि आवेदन दिन सक्ने कर्पोरेट  सञ्चार शाखाले बताएको छ । 
 


Author

थप समाचार
x