बैंक-वित्त

मिटरब्याज पीडितहरु एक महिना देखि धर्नामा

इकागज |
बैशाख २३, २०८० शनिबार ६:४९ बजे

फाइल फोटो

काठमाडौं - मिटरब्याज पीडित एक महिना देखि धर्नामा बसेका छन् । गत चैत २९ देखी काठमाडौं रत्नपार्कस्थित खुल्ला स्थानमा धर्नामा बसेका मिटरब्याज पीडितलाई भने सरकारले अझै सम्बोधन गर्न सकेको छैन् ।

पटक पटक वार्ता भएपनि मिटर ब्याज पीडितले धर्नालाई भने जारी राखेका छन ।  सरकारले  मिटरब्याजी पीडितको पक्षमा छानबिन गर्न जाँचबुझ आयोग समेत बनाएको भए पनि आयोग बनाएर मात्रै न्याय नहुने भन्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउनु पर्ने माग राख्दै मिटरब्याज पीडितले धर्ना जारी राखेका हुन् ।


जाली तमसुक च्यात्नु पर्ने तथा पिडकलाई तत्कालै कारबाही गर्नुपर्नेलगायतका माग राखेर उनीहरूले धर्नालाई निरन्तरता दिएका हुन । सरकारले हालै अध्यादेशमार्फत मिटरब्याजमा संलग्नहरुलाई ७ वर्षसम्म जेल सजाय दिने निर्णय भने लिइसकेको छ ।

मिटरब्याज पीडितहरुले आफूहरुलाई सरकारले वेवास्ता गरेको गुनासो नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसमक्ष राखे पछि उनले सो विषयलाई राजनीतिक रुपमा सम्बोधन गर्नुपर्ने जनाएका थिए ।


Author

थप समाचार
x