बैंक-वित्त

एनएमबि बैंकले दराज नेपालका बिक्रेताहरुलाई विद्युतीय माध्यमबाट बिना धितो कर्जा प्रदान गर्ने

इकागज |
जेठ २६, २०८० शुक्रबार १०:३६ बजे

काठमाडौं । एनएमबि बैंक लि. र दराज नेपालबीच दराज नेपालका बिक्रेताहरुलाई बिना धितो विद्युतीय कर्जा प्रदान सम्बन्धमा सम्झौता भएको छ । बैंकिङ पहुँच कम भएका, उत्पादनशील उद्यमसंग जोडिएका, स्टार्ट अप्स फर्म तथा कम्पनीहरुलाई दराज नेपालसंगको कारोवारको आधारमा ५ लाख सम्मको चालु पूँजी कर्जा प्रदान गर्ने उदेश्य अनुसार गरिएको सम्झौतापत्र एनएमबि बैंक लि.को तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरे र दराज नेपालको तर्फबाट प्रबन्ध निर्देशक आँचल कुँवरले आदान प्रदान गरेका थिए ।

सो सम्झौताको बारेमा बोल्दै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले अर्थतन्त्रको बास्तविक क्षेत्र तथा डिजिटलाईजेशलाई प्राथमिकता दिईरहेका र यस  कर्जा मार्फत ग्राहकहरुले अनलाईनमार्फत आवेदन दिएको केहि मिनेटभित्रै कर्जा उपलब्ध गराउने प्रविधिको विकाश गरेको र यस कर्जा मार्फत धेरै भन्दा धेरै एमएसएमई ९ःक्ःभ्० कर्जाका ग्राहकहरुको आवश्यक चालुपूँजी पूर्ति गर्ने बैंकले बिश्वास लिएको बताएका थिए ।


यस कर्जा कागजरहित, झंझटरहित र छिटोछरितो रुपमा डिजिटल रुपमा प्राप्त हुने भएकोले नेपाल सरकारले लिएको डिजिटल नेपालको अभियानमा बैैंकले लिएको यो प्रयास कोशेढुङ्ग सावित बैंकले बिश्वास लिएको छ ।

 


Author

थप समाचार
x