बैंक-वित्त

नेपालपे क्यूआरमा ३ लाखबढी मर्चेन्ट आबद्ध

इकागज |
जेठ ३१, २०८० बुधबार १५:५९ बजे

काठमाडौँ– बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत ‘नेपालपे क्यूआर’ मा ३ लाखभन्दा बढी मर्चेन्ट आबद्ध भएका छन् ।

नेशनल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्यूआर सञ्चालनमा ल्याइएको हो । क्यूआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपालपे क्यूआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।


हाल २३ बैंक वित्तीय संस्था तथा ३ भुक्तानी सेवा प्रदायक मार्फत व्यावसायिक ग्राहकहरुले नेपाल क्यूआरमा आबद्ध हुन सक्छन् भने २१ बैंक वित्तीय संस्था तथा ६ भुक्तानी सेवा प्रदायकका वालेटहरु मार्फत ‘स्क्यान एण्ड पे’ को सुविधा उपलब्ध छ । 


Author

थप समाचार
x