बैंक-वित्त

सनराइज बैंकद्वारा अंगभंग भएका व्यक्तिहरुलाई कृत्रिम अंग प्रदान

इकागज |
असार ९, २०८० शनिबार १०:३९ बजे

काठमाडाै‌। सनराइज बैंकले सामाजिक उत्तरदायित्वको काम गर्दै जाने क्रममा मधेश प्रदेशको वीरगंजमा अंग भंग भएका २० जानलाई कृत्रिम हात तथा खुट्टा प्रदान गरेको छ । 

रोटरी क्लब, वीरगंजमा आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अपछ कुमार यादबले रोटरीका कार्यक्रम संयोजक डा.स्वास्वत प्रसादलाई रु दुई लाख पचहत्तर हजारको चेक हस्तान्तरण गरे । उक्त रकमले २० जनालाई कृत्रिम अंग प्रदान गर्ने योजना अनुरुप उपस्थित व्यक्तिहरुलाई कृतिम अंग निशुल्क समेत प्रदान गरिएको थियो ।


कृतिम अंग प्राप्त गर्ने व्यक्तिहरु उक्त सहयोगले खुशी हुँदै सनराइज बैंकलाई धन्यबाद समेत ज्ञापन गरेका थिए । 
सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशैभरी स्वास्थ्य, शिक्षा, सीपमूलक तालिम, वित्तिय साक्षयरता, पूूर्वाधार निर्माण आदि क्षेत्रहरुमा विभिन्न कामहरु गर्दै आएको छ ।


Author

थप समाचार
x