बैंक-वित्त

सहकारी ठगी प्रकरणमा शिवशिखरका अध्यक्ष केदारनाथ शर्मा पक्राउ

इकागज |
असार १२, २०८० मंगलबार १४:४५ बजे

फाइल फोटो

काठमाडौँ - सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले उनलाई पक्राउ गरेको हो ।

अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार शर्मालाई पक्राउ गरेको पुष्टि गर्दै आजै घटना विवरण सार्वजनिक गर्ने जानकारी दिए । शर्मा यसअघि भारतमा लुकीछिपी बस्दै आएका थिए । शिवशिखरसहित मोरङमा गएर उनले तुलसी सहकारी पनि खोलेका थिए । दुवै सहकारीका बचतकर्ताको ठूलो रकम शर्माले कानुन विपरीत आफ्ना विभिन्न कम्पनी तथा फर्ममा लगानी गरेको पाइएको प्रहरीले जनाएको छ ।


बचतकर्ताले आफ्नो बचत फिर्ताको माग गर्दा नदिएपछि उनी र सञ्चालकहरुविरुद्ध सहकारी विभाग र सिआइवीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा केही व्यक्ति यसअघि नै पक्राउ परे पनि उनी फरार थिए । सूचना जारी गरी सिआइवीले भक्तपुरमा कार्यालय भई काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रको सेवा केन्द्रमा बचत गरेको रकम हिनामिना गरी नदिएको भएमा प्रमाणसहित ब्यूरोमा सम्पर्कमा आउन बचतकर्तालाई अनुरोधसमेत गरेको छ । 
­­­रासस


Author

थप समाचार
x