बैंक-वित्त

लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सुनुवाइका लागि राष्ट्र बैंकले स्थापना गर्‍यो डेस्क

इकागज |
असार १८, २०८० सोमबार १८:१९ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सम्बोधनका लागि गुनासो सुनुवाइ डेस्कको स्थापना गरेको छ । 

लघुवित्त वित्तीय संस्थासँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवाला सदस्यको लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासोका लागि डेस्कको स्थापना गरिएको राष्ट्र बैंकले जनाएको छ ।


गुनासो सुनुवाइका लागि नि:शुल्क टोल फ्रि मार्फत फोन गर्न सकिनेछ । यसका साथै बैंकको अनलाइन गुनासो पोर्टल वा इमेल मार्फत पनि आफ्नो गुनासो टिपाउन सकिने व्यवस्था रहेको छ ।


Author

थप समाचार
x